२३ जेष्ठ २०८३, शनिबार
,
Latest
तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोपनियता भंग हुने भएकाले बैठकको लाइभ गरिएन: माधव सापकोटा



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रिय कमिटीको बैठकमा आज १८ जना सदस्यहरुले आफ्नो धारणा राखेका छन् ।

बुधवार बसेको पार्टीको केन्द्रिय कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले छलफलको विषयहरु राखिसकेपछि १८ जना केन्द्रिय कमिटी सदस्यहरुले आफ्ना धारणा राखेका हुन् । अध्यक्ष दाहालले संगठनात्मक संरचना भद्दा र चुस्त नभएको र अब चुस्त बनाएर लैजानुपर्ने धारणा राखेको केन्द्रिय कमिटी सदस्य माधव सापकोटाले बताउनु भयो । उहाँले एक पटक पार्टी पंक्तिलाई वडा स्तरमा फर्काउने र तीन महिनाको अभियान सञ्चालन गरी विधान सम्मेलन बारेमा छलफल भइरहेको बताउनु भयो । उहाँले बैठक लाइभ गर्नु भनेको मुल आत्मालाई मार्नु भएकाले बैठक लाइभ नगरिएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टी अध्यक्ष कमरेडले बैठकमा छलफल गर्ने प्रश्ताव प्रश्तुत गर्नुभयो । प्रश्तावको सार संगठनात्मक संरचना भद्दा र चुस्त नभएको कुरा उठिरहेको थियो, यसलाई दुरुस्त बनाउने र एक पटक पार्टी पंक्तिलाई वडा स्तरमा फर्काउने र तीन महिनाको अभियान सञ्चालन गरी विधान सम्मेलन गर्ने । विधान सम्मेलनबाट पार्टीलाई चुस्त र व्यवस्थित बनाउने प्रश्ताव राख्नुभएको छ ।

आज १८ जनाले आफ्ना धारणा राख्नुभयो । बैठक लाइभ गर्नु भनेको मुल आत्मालाई मार्नु हो । किनभने बैठक आन्तरिक हो, घरायसी हो । नेतृत्वको आलोचना गर्ने, सुझाव दिने कुरा हो । लाइभ गर्दा गोपनियता भंग हुन्छ । त्यसलाई आन्तरिक रुपमा सिमित गरिएको हो ।’

केन्द्रिय सदस्य सापकोटाले बैठकको लाइभ गर्दा गोपनियता भंग हुने भएकाले नगरेको बताउनु भयो ।