२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोपनियता भंग हुने भएकाले बैठकको लाइभ गरिएन: माधव सापकोटा



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रिय कमिटीको बैठकमा आज १८ जना सदस्यहरुले आफ्नो धारणा राखेका छन् ।

बुधवार बसेको पार्टीको केन्द्रिय कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले छलफलको विषयहरु राखिसकेपछि १८ जना केन्द्रिय कमिटी सदस्यहरुले आफ्ना धारणा राखेका हुन् । अध्यक्ष दाहालले संगठनात्मक संरचना भद्दा र चुस्त नभएको र अब चुस्त बनाएर लैजानुपर्ने धारणा राखेको केन्द्रिय कमिटी सदस्य माधव सापकोटाले बताउनु भयो । उहाँले एक पटक पार्टी पंक्तिलाई वडा स्तरमा फर्काउने र तीन महिनाको अभियान सञ्चालन गरी विधान सम्मेलन बारेमा छलफल भइरहेको बताउनु भयो । उहाँले बैठक लाइभ गर्नु भनेको मुल आत्मालाई मार्नु भएकाले बैठक लाइभ नगरिएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टी अध्यक्ष कमरेडले बैठकमा छलफल गर्ने प्रश्ताव प्रश्तुत गर्नुभयो । प्रश्तावको सार संगठनात्मक संरचना भद्दा र चुस्त नभएको कुरा उठिरहेको थियो, यसलाई दुरुस्त बनाउने र एक पटक पार्टी पंक्तिलाई वडा स्तरमा फर्काउने र तीन महिनाको अभियान सञ्चालन गरी विधान सम्मेलन गर्ने । विधान सम्मेलनबाट पार्टीलाई चुस्त र व्यवस्थित बनाउने प्रश्ताव राख्नुभएको छ ।

आज १८ जनाले आफ्ना धारणा राख्नुभयो । बैठक लाइभ गर्नु भनेको मुल आत्मालाई मार्नु हो । किनभने बैठक आन्तरिक हो, घरायसी हो । नेतृत्वको आलोचना गर्ने, सुझाव दिने कुरा हो । लाइभ गर्दा गोपनियता भंग हुन्छ । त्यसलाई आन्तरिक रुपमा सिमित गरिएको हो ।’

केन्द्रिय सदस्य सापकोटाले बैठकको लाइभ गर्दा गोपनियता भंग हुने भएकाले नगरेको बताउनु भयो ।