२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीको केन्द्रीय सदस्य संख्या ४०९ पुग्यो



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादीले केन्द्र)ले केन्द्रीय समिति सदस्य थप गर्न विधान संशोधन प्रस्ताव पारित गरेको छ । यो प्रस्ताव पारित भएसँगै अब माओवादी केन्द्रीय सदस्य संख्या ४०९ हुने भएको छ । वैकल्पिक केन्द्रीय सदस्य हाल १९९ छन् ।

राजधानीको प्रज्ञा प्रतिष्ठानमा आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यमा महिला प्रतिनिधित्व र छुटेका नेता समेट्न विधान संशोधन गर्ने निर्णय गरेको हो । माओवादीले आफ्नो पार्टी सदस्य संख्या ७ लाख ५२ हजार ९५६ रहेको जनाएको छ ।

बैठकमा तीन सय ८५ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका सदस्य ७५ र १० प्रदेशका पदाधिकारी एक सय गरी सात सय ५८ जनाको सहभागिता छ । बैठक पाँच दिनसम्म चल्नेछ ।