१२ भाद्र २०८३, शुक्रबार
,
Latest
एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माणधीन संसद भवनको भौतिक प्रगति सन्तोषजनक भएन: सभामुख घिमिरे



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले निर्माणधीन संसद भवनको भौतिक प्रगति सन्तोषजनक नरहेको बताउनुभएको छ ।

बुधवार सम्बन्धित सरोकारवालासँग निर्माणधिन संसद भवनको भौतिक प्रगतिको विवरण लिँदै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो । उहाँले आफूले केही महिना अघि लिएको विवरणमा भौतिक प्रगति बढी र आर्थिक प्रगति कम रहेको पाएको तर अहिले आर्थिक र भौतिक प्रगति बराबर भएपनि भौतिक प्रगति उल्लेख्य हुन नसकेको बताउनु भयो ।

सभामुख घिमिरेले अहिले निर्माणाधिन संसद भवनको भौतिक प्रगति ६६ प्रतिशत र आर्थिक प्रगति ६३ प्रतिशत रहेको बताउनु भयो । उहाँले निर्माणको भुक्तानी बढ्दै जाँदा भौतिक प्रगति भने राम्रो नभएको जिकिर गर्नुभयो । अहिले सरकारले निर्माण भुक्तानी दिन गाह्रो भएको भन्दै उहाँले ठेकेदारहरुले नापेर निर्माणका काम गरिरहेको बताउनु भयो । उहाँले निर्माणाधीन भवनका लागि भने भुक्तानी दिन कठिनाइ नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो भन्दा अगाडि त्यहाँ भ्रमण गर्दा ६३ प्रतिशत जति भौतिक संरचनाको प्रगति र ५६ प्रतिशत आर्थिक प्रगति भन्ने की खर्च भन्ने त्यो भएको थियो । अहिले मोटामोटी ६६ प्रतिशत भौतिक प्रगति र ६३ प्रतिशत जति आर्थिक प्रगति भन्ने पाइयो । हिजो पैसा खर्च गर्न नसकिएको र अहिले यही आर्थिक वर्षलाई लिँदा ९० प्रतिशत भौतिक प्रगति भएको र ८८ प्रतिशत आर्थिक प्रगति भएको भनेपछि पेमेण्ट बढ्दै गयो, तर भौतिक प्रगति कमजोर देखिएको छ । हिउँदे अधिवेशनको काम यहाँबाट हुन्छ जस्तो लागेन । कामको स्पिड धेरै गएको छैन । अहिले देखेको डरलाग्दो समस्या के हो भने सरकारले पेमेण्ट गर्न गाह्रो छ । त्यो देखेर ठेकेदार पनि काममा नापी नापी गरिरहेका छन् । तर यहाँ त्यो समस्या छैन ।’

सभामुख घिमिरेले हिउँदे अधिवेशन निर्माणाधीन संसद भवनबाट सञ्चालन गर्नेगरी काम गर्न निर्देशन दिएपनि अहिलेसम्मको प्रगतिले हिउँदे अधिवेशन सञ्चालन गर्न नसकिने स्पष्ट रहेको बताउनु भयो ।