१० बैशाख २०८२, बुधबार
April 23, 2025 Wednesday

29.27°C

काठमाडौं

29.27°C

Kathmandu

Feels-like: 27.88

Wind: 3.09

Humidity: 26

Latest
प्रगतिशील प्राध्यापक सङ्गठनमा नयाँ नेतृत्व चयन सुनको मूल्य तोलामा एकैदिन ७५०० ले घट्यो भारतीय प्रधानमन्त्रीले नेपालका धार्मिक स्थलको प्रचार गर्छन्, हाम्रा प्रधानमन्त्रीहरुलाई मतलव छैनः उपसभापति गुरुङ कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध परराष्ट्रमन्त्रीद्वारा कश्मिरमा भएको आतंककारी हमलाप्रति दु:ख व्यक्त पहिरोले अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो घनश्याम भुसाललाई विष्णु रिमालको चुनौती– आफ्नै पार्टी ‘खत्रा’ बनाएर देखाए हुन्न ? अदालतको आदेशअनुसार तोकिएको समयमा नै महाधिवेशन हुन्छः शेष घले सरकारबाट आतङ्कवादी हमलाको निन्दा प्रधानमन्त्रीद्वारा आतङ्कवादी हमलाको निन्दा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कति छन् माओवादी केन्द्रको पार्टी सदस्य ?



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आफनो पार्टीको सदस्यका बारेमा केन्द्रीय समिति बैठकमा जानकारी गराएको छ । प्रधानमन्त्री समेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी केन्द्रीय समिति बैठकमा पार्टी सदस्य संख्या ७ लाख ५२ हजार ९५६ रहेको बताउनुभएको हो ।

प्रचण्डले पार्टी बैठकमा पेश गरेको राजनीतिक तथा सांगठनिक प्रस्तावमा माओवादीले कुन प्रदेशमा कति सदस्य छन् भन्ने विवरण समेत उल्लेख गरिएको माओवादी केन्द्रका एक जना केन्द्रीय सदस्यले जानकारी दिए ।

उनका अनुसार माओवादीको सबैभन्दा धेरै पार्टी सदस्य बागमतीमा रहेका छन् । बागमतीमा १ लाख ४७ हजार ३५३, मधेशमा १ लाख १६ हजार ९७५, लुम्बिनीमा १ लाख १२ हजार ९१०, कोशीमा ९९ हजार ६०१, गण्डकीमा ६६ हजार ६८७, कर्णालीमा ८५ हजार ७७४ र सुदूरपश्चिममा ८० हजार ४८२ जना पार्टी सदस्य रहेको माओवादी केन्द्रको दाबी छ ।

त्यस्तै सम्पर्क कमिटीहरुमा १९ हजार ३१२, काठमाडौँ उपत्यकामा १८ हजार ३२५ र प्रवासमा ५ हजार ५३७ जना रहेको सांगठनिक प्रतिवेदनमा उल्लेख छ ।