• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

इंग्ल्याण्ड र डेनमार्क अन्तिम १६ मा



एजेन्सी । फिफा महिला विश्वकपमा इंग्ल्याण्ड र डेनमार्कले अन्तिम १६ को यात्रा तय गरेका छन् । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा इंग्ल्याण्डले चीनलाई ६–१ गोलले हराउँदै समूह विजेता बनेर नकआउट चरणमा स्थान बनाएको हो ।

इंग्ल्याण्डलाई फराकिलो जित दिलाउन लरेन जेम्सले दुई गोल गरिन् भने एलेसिया रुसो, लरेन हेम्प, चोल केली र रचेल डेलीले एक–एक गोल गरे । इंग्ल्याण्डले तीनै खेलमा जित निकाल्दै ९ अंक जोड्यो ।

यस्तै आजै भएको अर्को खेलमा हाइटीलाई डेनमार्कले २–० गोलले पराजित गर्यो । डेनमार्कलाई जित दिलाउन खेलको २१ औं मिनेटमा पर्निल हार्डरले पेनाल्टीमा गोल गरिन् भने ९०.१० मिनेटमा सान्ने निल्सेनले एक गोल थपिन् । डेनमार्कले ३ खेलबाट ६ अंक जोड्यो । हाईटी र चीन भने समूह चरणबाटै बाहिरिए ।