• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

कोशीको मुख्यमन्त्रीमा थापालाई नै अघि सार्ने कांग्रेसको निर्णय



काठमाडौँ । नेपाली कांग्रेसले कोशी प्रदेशको मुख्यमन्त्रीमा संसदीय दलको नेता उद्धव थापालाई नै अगाडि सार्ने भएको छ । मंगलबार दिउँसो बसेको कांग्रेस संसदीय दलको बैठकले थापालाई अगाडि बढाउने निर्णय गरेको हो ।

थापा मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारीमा रहेको बताइएको छ । सभामुखको राजीनामापछि दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयमा जाने थापाको तयारी छ ।

सर्वोच्च अदालतको आदेशबाट बिहीबार थापा मुख्यमन्त्रीबाट पदमुक्त भएपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२)अनुसार आज मंगलबारसम्म सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । गत असार १७ मा सभामुख बाबुराम गौतमको समेत समर्थनमा थापा मुख्यमन्त्री नियुक्त भएका थिए ।