९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राडा झालाई चीन सरकारको क्यान्सर अनुसन्धानवृत्ति



अ+ अ-

काठमाडौँ । चीनको साङ्सी प्रान्तले क्यान्सर रोगको उपचारका लागि नेपालको परम्परागत औषधि पद्दतिको प्रभावकारिताबारे अनुसन्धान गर्न एक नेपाली प्राध्यापकलाई अनुसन्धानवृत्ति उपलब्ध गराएको छ ।

चीनको साङ्सी प्रान्तस्थित सियान मेडिकल विश्वविद्यालयमा अध्यापनरत प्राध्यापक डा राजीवकुमार झालाई क्यान्सर रोगको उपचारमा नेपालको आयुर्वेद, प्राकृतिक चिकित्सा तथा अन्य परम्परागत उपचार पद्दति को प्रभावकारिताको अनुसन्धान गर्न सो वृत्त उपलब्ध गराएको हो ।

चीनमा नसर्ने रोगमध्ये सबैभन्दा ठूलो चुनौती क्यान्सर रोगको भएकाले क्यान्सरको उपचार तथा रोकथाममा चीन सरकारले ठूलो बजेट खर्च गरी यस क्षेत्रको अध्ययान अनुसन्धानमा लगाएको र साङ्सी प्रान्तले आह्वान गरेको अनुसन्धानवृत्तिमा आफू छानिएको डा झाले जानकारी दिनुभयो ।

उक्त प्रान्तको शिक्षा विभागले गरेको आह्वानमा चीन र विभिन्न देशका एक सय ३१ व्यक्ति तथा संस्था छानिएका र यसमा एक नेपाली डा झा पर्नुभएको हो ।

यो अनुसन्धानवृत्ति एक वर्षदेखि लिएर बढीमा दश वर्षसम्म अनुसन्धान गरिने र नेपालमा पाइने जडिबुटीका साथै यहाँ प्रचलनमा रहेका आयुर्वेद, प्राकृतिक चिकित्सा एवं अन्य परम्परागत चिकित्साबाट क्यान्सर रोगको उपचार केकति प्रभावकारी हुन्छ भन्ने बारेमा अनुसन्धान केन्द्रित गरिने उहाँले बताउनुभयो ।

आफ्नो अनुसन्धान विशेषगरी नेपालको कर्णाली क्षेत्रमा पाइने जडिबुटीका साथै नेपालजस्तै भौगोलिक एवं वातावरणीय समानता रहेको तिब्बतमा केन्द्रित हुने जानकारी उहाँले दिनुभयो ।

साङ्सी प्रान्तमा रहेका विभिन्न देशका प्राध्यापक, अनुसन्धानदाता, चिकित्सक, वैज्ञानिक, उद्यमीलगायतका व्यक्तिबाट सो वृत्तिका लागि छनोट गरिएको हो । प्राध्यापक झा करिब साढे दुई दशकदेखि सियान विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ । प्रा डा झाको नाममा साङ्सी प्रान्तीय सरकारले ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीव कुमार झा’ स्थापना गरेको छ । सियान मेडिकल युनिभर्सिटीमा स्थापना गरिएको सो केन्द्रमा क्यान्सर रोगसम्बन्धी अध्ययन, अनुसन्धानका साथै यससम्बन्धी दुई देशबीचको चिकित्सकीय अनुभव आदानप्रदान पनि हुने गरेको छ ।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले चीनमा मेडिकल एवं खासगरी क्यान्सर रोगको अनुसन्धान एवं प्राध्यापनमा सहभागी एक नेपाली चीनको प्रान्तीय स्तरको यो कार्यक्रममा सहभागी हुनु नेपालका लागि गौरवको कुरा हो भन्नुभयो ।

नेपालमा औषधीय गुण भएका बहुमूल्य जडिबुटीहरु रहेकाले तिनको प्रयोग क्यान्सरको उपचारमा के कसरी हुनसक्छ भन्ने बारेमा अनुसन्धान गर्ने यो कार्यबाट दुइ देशका बीचको सम्बन्धलाई थप प्रगाढ बनाउने राजदूत पुकारको भनाई छ ।