२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टी–२० विश्वकप एसियन छनोटका लागि प्रारम्भिक टिमको घोषणा, नेरीको पुनरागमन



अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटका लागि प्रारम्भिक टिम घोषणा गरेको छ ।

क्यानले बन्द प्रशिक्षणका लागि २४ सदस्यीय टिमको घोषणा गरेको हो । टिममा नेपाली महिला टिमकी पहिलो ब्याचकी खेलाडी तथा पूर्व कप्तान नेरी थापाले पनि पुनरागमन गरेकी छिन् ।

टी(२० विश्वकपको एसिया छनोट मलेसियामा आयोजना हुँदैछ । प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन् । अगस्ट अन्तिम सातादेखि हुने प्रतियोगितामा नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन् भने चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड समूह ‘बी’मा छन् ।

नेपाली टिम: रुविना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, कृतिका मरासिनी, बिन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, स्नेहा महरा, सृष्टि जैशी, कञ्चन श्रेष्ठ, रोमा थापा, सवनम राई, पूजा महतो, खुसी डंगोल, रुबी पोडार, मनिषा चौधरी, नेरी थापा, सरस्वती चौधरी र ज्योती पाण्डे ।