२१ पुष २०८१, आईतवार
,
Latest
देशभक्त र प्रगतिशील मजबुद भएकाले प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएका छन् : प्रधानमन्त्री प्रदेश प्रमुख समक्ष प्रतिवेदन पेस नयाँ संगठनात्मक सिद्धान्त विकास गर्न माओवादी नेताहरुको सुझाव प्रशासनिक नेतृत्वको कारण राजनीतिक नेतृत्व आक्रान्त बनेको छः प्रमुख सचेतक बर्तौला एमालेको केन्द्रीय समितिको बैठक सुरु- फोटो फिचर नेपालमा एम–पक्सको सर्तकता तथा निगरानी जय ट्रफी एलिट कपः आर्मीविरुद्ध बलिङ गर्दै नेपाल पुलिस क्लब ‘थेसिस’को नतिजा राकिँदा विद्यार्थी समस्यामा जय ट्रफी कप क्रिकेटः बागमतीविरुद्ध पहिले ब्याटिङ गर्दै मधेश ‘बलिदान’को छायाङ्कनको लागि कालीमाताको मूर्ति निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्चस्तरीय छानबिन समिति बनाउन सरकारले भोलिसम्मको समय मागेको छ: गोकुल बाँस्कोटा



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बनाउने वा नबनाउने भन्ने निर्णय गर्नका लागि सरकारले मंगलवार सम्मको समय मागको बताउनुभएको छ ।

सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मंगलवारसम्मको समय माग गरेकाले आजको प्रतनिधि सभा बैठक बस्न नसकेको बताउनु भयो । उहाँले सरकारले जति चाँडो उच्चस्तरीय छानबिन बनायो त्यति चाँडै संसद सुचारु हुने बताउनु भयो । उहाँले सरकारले अविलम्व उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारले भोलिसम्मको समय मागेको छ, उच्चस्तरीय छानबिन समिति बनाउने वा नबनाउने भन्ने निर्णय गर्न । भोलि बनायो भने संसद चल्छ । सरकारले अविलम्व उच्चस्तरीय छानबिन समिति बनाओस् । जे साँचो हो, त्यो बाहिर ल्याइदिओँ । की सरकार अनुसन्धान गर्न चाहँदैन ? प्रश्न उठिसकेपछि ढाकछोप गर्ने होइन, खुला हुनुपर्छ ।’

सांसद बाँस्कोटाले अनियमितताको प्रश्न उठिसकेपछि सरकार ढाकछोप गर्न नलागेर निष्पक्ष छानबिन गर्न लाग्नुपर्ने बताउनु भयो ।