२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिट रहन जिम जानुपर्छ भन्ने छैन, घरेलु काम गर्नुस्



अ+ अ-

एजन्सी । बजारमा किनमेल गर्न गए भारी झोला बोक्नुपर्ने हुन्छ । द्रुत गतिमा सिँढी चढ्नु र लुगा धुने जस्ता काम गर्दा हामीलाई प्राय: सास फेर्न गाह्रो हुन्छ । यदि त्यसो हो भने, यो तपाईंको लागि राम्रो कुरा हुन सक्छ । यस्तो गतिविधिले क्यान्सरको जोखिम कम गर्न प्रभावकारी हुने एक अध्ययनले देखाएको छ ।

द कन्भर्सेसन जर्नलमा प्रकाशित एक अध्ययनले दैनिक चारदेखि पाँच मिनेटसम्म गर्ने यी गतिविधिले क्यान्सरको जोखिम २०५ देखि २१५ सम्म घटाउने दाबी गरेको छ । अध्ययनले प्रत्येक दिन कम्तिमा साढे तीन मिनेटसम्म कडा परिश्रम गर्नाले क्यान्सरको जोखिम १७–१८ प्रतिशतले घटेको पाइएको छ ।

फोक्सो र स्तन क्यान्सरको अवस्थामा, जोखिम ३० देखि ३२ प्रतिशतसम्म कम हुने अनुमान गरिएको छ । २२ हजार मानिसमा यो अध्ययन गरिएको थियो । यसका लागि अन्वेषकहरूले बेलायतको स्वास्थ्य डाटाबेसबाट प्राप्त डाटाको विश्लेषण गरेका छन् ।

यसमा २ हजारभन्दा बढी यस्ता व्यक्तिलाई समावेश गरिएको थियो, जसलाई यसअघि कहिल्यै क्यान्सर भएको थिएन, न त कुनै शारीरिक क्रियाकलापमा संलग्न थिए । यसमा ५५ प्रतिशत महिलाहरू समावेश थिए जसको औसत उमेर ६२ वर्ष थियो । अध्ययनबाट यो पनि थाहा भयो कि कुल संख्याको ९६ प्रतिशत मानिस यस्ता थिए, जसले साढे दुई मिनेट मात्रै यस्तो काम गर्ने गरेका थिए । ९२ प्रतिशतले यी गतिविधिहरूमा दुई मिनेट भन्दा कम खर्च गरे ।

अध्ययनका सह–लेखक इमानुएल स्टामाटाकिसले भने कि यी गतिविधिहरू जिम जान वा व्यायाम गर्न मन नपर्ने मानिसहरूका लागि सबैभन्दा लाभदायक छन् । लिन्डा एस भन्छिन्, शारीरिक गतिविधि व्यायाम नगर्नु भन्दा राम्रो छ । लिन्डस्ट्रोमले भने कि अधिकांश मानिसहरू नियमित व्यायामबाट लाभ उठाउँछन् ।

यस अध्ययनले देखाउँछ कि कुनै पनि शारीरिक गतिविधि व्यायाम नगर्नु भन्दा राम्रो छ । यसको मतलब घरको काम वा कहिलेकाहीं बच्चाहरूसँग खेल्ने नियमित व्यायामको फाइदाहरू प्रतिस्थापन गर्न सक्दैन । द कन्भर्सेसनका लेखकहरूका अनुसार दैनिक १५० देखि ३०० मिनेटको शारीरिक व्यायामको तुलनामा साढे चार मिनेटको गतिविधि निकै कम हुन्छ ।