९ श्रावण २०८३, शनिबार
,
Latest
रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन काँकडभिट्टा–लौकही सडक विस्तार तिब्रः पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम गाभीले नेपालसँग ३ लाख डलर फिर्ता नमाग्ने सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन ‘पेशागत मर्यादा र आत्मसम्मान नै वास्तविक लोकतन्त्र हो’: प्रहरी महानिरीक्षक कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा गुडिरहेको रेलमा गोली चल्दा चार जनाको मृत्यु



अ+ अ-

एजेन्सी । भारतको महाराष्ट्रमा चलिरहेको रेलमा गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ । सोमबार बिहान जयपुर–मुम्बई एक्सप्रेस (१२९५६)मा सवार रेलवे सुरक्षा बल ९आरपीएफ०का कन्स्टेबलले आफ्नो स्वचालित राइफलका साथ एक साथी सहायक उपनिरीक्षक (एएसआई)लाई गोली हाने । त्यसपछि दोस्रो डिब्बामा गएर ३ जना यात्रुलाई पनि गोली हाने ।

दुर्घटना हुँदा ट्रेन गुजरातबाट महाराष्ट्र जाँदै थियो । पालघर रेलवे स्टेशन नजिकै ट्रेनको कोच बी५ मा गोलीबारी भएको थियो । जवानलाई राइफलसहित पक्राउ गरिएको छ ।

आरपीएफका अनुसार घटना बिहान करिब ५:२३ बजे भएको हो । अभियुक्त हवल्दार चेतनकुमार चौधरी र एएसआई टिकाराम मीणा एस्कर्ट ड्युटीमा थिए । चेतनले टीकाराममाथि गोली हानेपछि थप ३ जना यात्रुलाई गोली हाने ।

त्यसपछि उनी दहिसर स्टेशन नजिकै रेलबाट ओर्लेर भागेका थिए । पक्राउपछि जवानलाई सोधपुछका लागि बोरिवली प्रहरी चौकीमा लगिएको छ । गोली चलाउनुको कारण छानबिनपछि पत्ता लाग्ने प्रहरीले जनाएको छ ।