२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकीकरण



अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ ।

आईतवार जनकपुरधाममा एक समारोहबीच दुवै पार्टीका वरिष्ठ नेताहरुले एकीकरण भएको घोषणा गर्नुभएको हो ।

एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दैै नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं नेता रेशमलाल चौधरीले मधेसवादी दलहरुले आफूसँग धोखाधडी गरेको आरोप लगाउनु भयो । उहाँले जनकपुर जान नदिनका लागि मधेसवादी नेताहरुले प्रतिवन्ध लगाउने निर्देशन पार्टी कार्यकर्तालाई दिएको आरोप लगाउनु भयो । नेता चौधरीले आफू साढे ८ वर्षसम्म जेलमा मधेसको आन्दोलनका लागि लड्दा बस्नुपरेको बताउनु भयो ।

एकीकरण कार्यक्रममा नेपाल सद्भावना पार्टीका महासचिव राजेन्द्र चौधरी र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारु लगायत दुवै पार्टीका केन्द्रिय, प्रादेशिक र जिल्लास्तरीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।