• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

नेपाल यातायातको सेवा विस्तार भएपछि बालकोट, टिकाथली र इमाडोलवासीलाई राहत



ललितपुर । नेपाल यातायातको सेवा ललितपुरको टीकाथलीबाट टिचिङ्ग अस्पतालसम्म संचालन हुन थालेपछि भक्तपुरको बालकोट र ललितपुरको टिकाथली र इमाडोलवासीलाई निकै राहत पुगेको छ ।

कोटेश्वरको बालकुमारी पुलमुनी रहेको नेपाल यातायातको बस विसौनी काठमाण्डौं महानगरपालिकाले हटाएपछि सो समितिले महालक्ष्मी नगरपालिका वडा नं ५ टिकाथलीस्थित राधाकृष्ण खानेपानी ट्यांकी नजिक मोतिमार्ग जग्गा भाडामा लिएर नयाँ विसौनी बनाएपछि त्यहाँबाट बस सेवा शुरु गरेको हो ।

नयाँ बस विसौनी शुरु गरेपछि भक्तपुरको लोकन्थली, मनोहरा प्लानिंग, कौशलटार र बालकोट तथा ललितपुरको टिकाथली र इमाडोल अनि काठमाण्डौंको जडिबुटी र नरेफाँटका वासिन्दालाई निकै राहत पुगेको छ ।

मोतिमार्गदेखि हनुमन्ते करिडोर तथा मनोहरा करिडोर हुँदै सो बस नरेफाँटको नयाँ पुल, बालकुमारी पुल, कोटेश्वर, बानेश्वर, पुतलीसडक, नक्साल हुँदै टिचिङ्ग अस्पताल, महाराजगञ्ज, सुकेधारा हुँदै ओम अस्पताल नजिक चाबहिलसम्म आउने जाने गर्छ ्र बस हरेक पाँच मिनेटमा छुट्ने गर्छ ।

नेपाल यातायातले नीजि जग्गा भाडामा लिएर टिकाथलीदेखि आफ्नो सेवा विस्तार गरि स्थानीय जनतालाई सेवा दिन शुरु गरेको महालक्ष्मी नपा ५ का वडाअध्यक्ष कपिल केसीले बताए ।