८ असार २०८३, सोमबार
,
Latest
उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिन बन्द कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल यातायातको सेवा विस्तार भएपछि बालकोट, टिकाथली र इमाडोलवासीलाई राहत



अ+ अ-

ललितपुर । नेपाल यातायातको सेवा ललितपुरको टीकाथलीबाट टिचिङ्ग अस्पतालसम्म संचालन हुन थालेपछि भक्तपुरको बालकोट र ललितपुरको टिकाथली र इमाडोलवासीलाई निकै राहत पुगेको छ ।

कोटेश्वरको बालकुमारी पुलमुनी रहेको नेपाल यातायातको बस विसौनी काठमाण्डौं महानगरपालिकाले हटाएपछि सो समितिले महालक्ष्मी नगरपालिका वडा नं ५ टिकाथलीस्थित राधाकृष्ण खानेपानी ट्यांकी नजिक मोतिमार्ग जग्गा भाडामा लिएर नयाँ विसौनी बनाएपछि त्यहाँबाट बस सेवा शुरु गरेको हो ।

नयाँ बस विसौनी शुरु गरेपछि भक्तपुरको लोकन्थली, मनोहरा प्लानिंग, कौशलटार र बालकोट तथा ललितपुरको टिकाथली र इमाडोल अनि काठमाण्डौंको जडिबुटी र नरेफाँटका वासिन्दालाई निकै राहत पुगेको छ ।

मोतिमार्गदेखि हनुमन्ते करिडोर तथा मनोहरा करिडोर हुँदै सो बस नरेफाँटको नयाँ पुल, बालकुमारी पुल, कोटेश्वर, बानेश्वर, पुतलीसडक, नक्साल हुँदै टिचिङ्ग अस्पताल, महाराजगञ्ज, सुकेधारा हुँदै ओम अस्पताल नजिक चाबहिलसम्म आउने जाने गर्छ ्र बस हरेक पाँच मिनेटमा छुट्ने गर्छ ।

नेपाल यातायातले नीजि जग्गा भाडामा लिएर टिकाथलीदेखि आफ्नो सेवा विस्तार गरि स्थानीय जनतालाई सेवा दिन शुरु गरेको महालक्ष्मी नपा ५ का वडाअध्यक्ष कपिल केसीले बताए ।