• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

बार्सिलोनासँग रियल मड्रिडको लज्जास्पद हार



एजेन्सी । मैत्रीपूर्ण फुटबल खेलमा बार्सिलोनाले सहज जित निकालेको छ ।

नेपाली समयानुसार आइतबार बिहान भएको खेलमा बार्सिलोनाले चीर प्रतिद्वन्द्वी रियल मड्रिडलाई ३–० गोलले पराजित गरेको हो ।

अमेरिकाको टेक्सासमा भएको खेलमा १५ औं मिनेटमा ओस्मान डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । ८५ औं मिनेटमा फेर्मिन लोपेज मार्टिनले तथा ९०+१ मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।

स्पेनिस ला लिगा अगस्ट ११ देखि सुरु हुँदैछ । ला लिगा अघि क्लबहरु मैत्रीपूर्ण फुटबल खेल्न विभिन्न देशहरुको भ्रमण गरिरहेका छन् ।