९ श्रावण २०८३, शनिबार
,
Latest
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन काँकडभिट्टा–लौकही सडक विस्तार तिब्रः पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
तपाईं के खोज्दै हुनुहुन्छ ?

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहित पाँच जनाविरुद्ध आरोप–पत्र दायर



अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको पिपरा गाउँकार्यपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रञ्जिता झासहित पाँच जना उपर विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ ।

आयोगले प्रमुख प्रशासकीय अधिकृत झा, तत्कालिन सब–इन्जिनियर श्याम किसोर मण्डल, निर्माण उपभोक्ता समितिका अध्यक्ष नवोनारायण मिश्र, सचिव कमरुल खातुन र कोषाध्यक्ष रतन साहविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्याइ भ्रष्टचार गरेको सम्बन्धमा आज आरोपपत्र दायर गरेको हो ।

उनीहरुले आर्थिक वर्ष २०७४/७५ पिपरा गाउँपालिका–१ को एकरहिया कृषि सडक ओलारदेखि खैरबा सडकको पीसीसी ढलान कार्यलाई बढी मूल्याङ्कन गरी झुट्टा नापी किताब, भुक्तानी बिल र कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी उपभोक्ता समितिलाई रु एक लाख ४८ हजार नौ सय १० भुक्तानी दिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

आयोगले गाउँकार्यपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झा र तत्कालीन सव–इन्जिनियर मण्डल उपर भ्रष्टाचार कसुरमा र एक लाख ४८ हजार नौ सय १० बिगो कायम गरी कैद र जरिवानाको माग दाबी गरेको छ ।

यस्तै निर्माण उपभोक्ता समितिका अध्यक्ष मिश्र, सचिव खातुन र कोषाध्यक्ष साहलाई रु एक लाख ४८ हजार नौ सय दश बिगोसहित सजायको माग दाबी गरेको छ । उनीहरु विरुद्ध वडा–१ खैरबामा बाटो ढलानकार्य गर्दा कमसल सामग्री प्रयोग गरी गाउँपालिकाबाट प्राप्त रकम हिनामिना गरेको भन्ने आयोगमा उजुरी निवेदन परेको थियो । रासस