३ आश्विन २०८१, बिहीबार
,
Latest
बार्सिलोना मोनाकोसँग पराजित, आर्सनल र एटलान्टाको बराबरी एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजसेवामा फाइदा लिने मानिसको काम हुँदैन: मन्त्री बस्नेत



फाईल फोटो
अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले समाजसेवामा फाइदा लिने मानिसहरुको काम नहुने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा ५८ औं रक्तसञ्चार सेवा दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनसेवा गर्ने संकल्प लिएकाहरु मात्रै समाजसेवामा राम्रो हुने बताउनु भयो ।

मन्त्री बस्नेतले नेपाल रेडक्रस सोसाइटी वा रक्तासञ्चार केन्द्रले आफ्नो क्षेत्रबाट गरेको कामहरु महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले देशमा अफ्ठ्यारो परेको बेलामा र रगत चाहिएको बेलामा आवश्यक रगत उपलब्ध गराउनु महत्वपूर्ण हुने बताउनु भयो । उहाँले देशमा शिक्षा र स्वास्थ्य नि:शुल्क हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समाजसेवामा फाइदा लिने मानिसहरु लागेर काम छैन । जनसेवा गर्ने संकल्प लिएकाहरु मात्रै यो क्षेत्रमा ठिक हुन्छ । त्यसकारण नेपाल रेडक्रस सोसाइटी वा रक्तासञ्चार केन्द्र जुनजुन क्षेत्रबाट भएपनि आजसम्म यो देशमा अफ्ठ्यारो परेको बेलामा, रगत चाहिएको बेलामा दिँदै आएको छ । यो आफ्नो रगत दिएर अरुलाई बचाउने कुराको महत्व भनिरहनु पर्दैन । शिक्षा र स्वास्थ्य नि:शुल्क हुनुपर्छ भनेर लागेर हिँडेको मान्छे हुँ म ।’

मन्त्री बस्नेतले कामह जति पवित्र हुन्छन् त्यत्ति धेरै गुनासो आउने बताउनु भयो । देशमा भएका फार्मेसीहरुको निरीक्षण गर्दा विधिसम्मत रुपमा नचलेका फार्मेसीहरु बढी रहेको पाइएको बताउनु भयो ।