२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसलाई मुख्यमन्त्री दिएर सरकार बनाउन तयार छौँ: हिक्मत कार्की



अ+ अ-

विराटनगर । नेकपा एमालेका कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कांग्रेससँग मिलेर सरकार गठनका लागि आफूहरु तयार रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले प्रदेशको समृद्धिको लागि एमाले बाधक नबन्ने उल्लेख गर्दै यस्तो बताएका हुन्।

‘मुख्यमन्त्री दिन हामी तयार छौं । बहुमत नभएपछि मुख्यमन्त्री दिन पनि तयार हुनुपर्छ । तर कार्यकाल बाँड्ने कुरामा म सहमत छैन’, हिक्मतले भने ।

सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेसँगै पुनर्वहाली पाएका हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा कार्यभार सम्हाल्दै छन् । तर, मुख्यमन्त्री कार्यालयले भने कार्कीलाई मुख्यमन्त्रीको मान्यता दिन अस्वीकार गरेको देखिएको छ ।

बिहिबार सर्वोच्च अदालतले असार २१ गते मुख्यमन्त्रीमा नियुक्त भएका उद्धव थापालाई बर्खास्त गर्दै साउन १७ गतेभित्र नयाँ सरकार गठनको आदेश गरेको छ।

कोशी प्रदेशसभामा ९३ जना सांसद रहेकोमा सरकार गठनको दाबी पेश गर्न ४७ सीटको आवश्यकता पर्छ ।