२९ भाद्र २०८३, सोमबार
,
Latest
जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला विश्वकपः अर्जेन्टिना र दक्षिण अफ्रिकाले अंक बाँडे



अ+ अ-

एजेन्सी । फिफा महिला विश्वकप अन्तर्गत अर्जेन्टिना र दक्षिण अफ्रिकाले बराबरी खेलेका छन् ।

नेपाली समयानुसार शुक्रबार बिहान सम्पन्न खेलमा दुबै टिमले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । दुई गोलले पछि परेको अवस्थामा अर्जेन्टिनाले बराबरी गरेको हो ।

न्यूजिल्याण्डको फोर्सिथ वार स्टेडियममा भएको खेलको ३० औं मिनेटमा लिन्डा मोथालोले गोल गर्दै दक्षिण अफ्रिकालाई सुरुवाती अग्रता दिलाएकी थिइन् । ६६ औं मिनेटमा थेम्बी क्गट्लानाले गोल गर्दै अफ्रिकाको अग्रता दोब्बर पारिन् ।

तर, ७४ औं मिनेटमा सोफिया ब्राउन र ७९ औं मिनेटमा रोमिना नुनेजले गोल गर्दै अर्जेन्टिनालाई २–२ को बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल हुन सकेन र दुबै टिमले अंक बाँडे ।

समूह जी मा रहेका दक्षिण अफ्रिका र अर्जेन्टिना २ खेलबाट १ अंक जोड्दै क्रमशः तेस्रो र चौंथो स्थानमा छन् ।