२० मंसिर २०८२, शनिबार
,
Latest
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्कको प्रभावकारिताका लागि सदस्य राष्ट्रबीच सहकार्य महत्त्वपूर्ण: उपराष्ट्रपति



फाईल फोटो
अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को प्रभावकारिताका लागि सदस्य राष्ट्रबीचको सहकार्य महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

बिहीबार लैनचौरस्थित उपराष्ट्रपति भवनमा भेट गर्न आउनुभएका नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हासमीसँगको कुराकानीमा उहाँले शान्ति, समुन्नति र सदस्य राष्ट्रका आमनागरिकको बृहत् हितका लागि सार्क अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उपराष्ट्रपति यादवले भन्नुभयो, “सार्कमा देखिएको गतिरोधको अन्त्य गर्न अध्यक्षको हैसियतमा नेपालले पहल गरिरहेको छ । यसका लागि सार्कका सबै सदस्य राष्ट्रबीचको सहकार्य महत्त्वपूर्ण छ ।” उहाँले दुई देशको परराष्ट्र मन्त्रालयबीच स्थापित द्विपक्षीय परामर्श संयन्त्र र अर्थ मन्त्रालयबीच स्थापित संयुक्त आर्थिक सहयोगमार्फत निरन्तर संवाद र सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो ।

“हामीले वाणिज्य र आर्थिक क्षेत्रमा थप सहकार्य गर्नु पर्दछ”, उहाँले भन्नुभयो, “हामी व्यापार, लगानी, पर्यटन, संस्कृति एवं जनस्तरबीच सम्बन्ध विस्तारमा सहकार्य गर्न सक्छौँ ।”

उपराष्ट्रपति यादवले नेपालले पाकिस्तानका लगानीकर्तालाई जलविद्युत्, पर्यटन, भौतिक पूर्वाधार र सूचना प्रविधिको क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले जलवायु परिवर्तन र विश्वव्यापी तामक्रम वृद्धिले हिन्दकुश हिमालय क्षेत्रमा प्रतिकूल प्रभाव परेकामा चिन्ता व्यक्त गर्नुभयो । जलवायु परिवर्तनका कारण सिर्जित प्रतिकूल असर न्यूनीकरण गर्न एकजुट भएर काम गर्नुपर्ने उपराष्ट्रपति यादवले आवश्यकता औँल्याउनुभयो ।

भेटमा उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानबीचको सहकार्यात्मक साझेदारीलाई दुरुस्त बनाउन राजदूतको महत्त्वपूर्ण योगदान रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालमा रहेका प्राकृतिक, पुरातात्विक र सांस्कृतिक सम्पदा धेरै पाकिस्तानी पर्यटकलाई आकर्षित गर्ने खालका भएकाले त्यसको प्रचार–प्रसारमा पाकिस्तान सरकारले सहयोग गर्न सक्ने बताउनुभएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सो क्रममा पाकिस्तानी राजदूत हासमीले नेपाल र पाकिस्तानबीच सिधा हवाई सम्पर्क पुन: सञ्चालन हुनसके पर्वतारोही एक–अर्को देशमा सहजरूपमा आउजाउ हुँदा पर्यटन क्षेत्रमा टेवा पुग्ने बताउनुभयो । उहाँले पाकिस्तान सरकारले पाकिस्तान प्राविधिक सहयोग कार्यक्रम (पिटिएपी) अन्तर्गत उपलब्ध गराइरहेको छात्रवृत्तिमा अन्य विषय थप गरेर सङ्ख्या बढाउने तयारी भइरहेको जानकारी दिनुभयो । रासस