२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऐना राख्दा विशेष ध्यान दिनुस् यी १० कुराहरु



अ+ अ-

एजेन्सी । हाम्रो घर वा डेरामा जहाँ भएपनि ऐना अनिवार्य नै हुन्छ । ऐनाबिना त मानिसको सुन्दरता अधुरो नै रहन्छ भन्दा पनि हुन्छ ।

तर घरमा ऐना राख्दा जहाँ मिल्यो त्यहीँ राख्नु चाँहि हुँदैन किनभने ऐनाले धेरै भूमिका खेलिरहेको हुन्छ । घरमा सही स्थान र दिशामा राखिएको ऐनाले तपाइँलाई शुभफल समेत दिन सक्छ । वास्तुशास्त्रका अनुसार घरमा ऐना राख्दा यी १० कुराहरुमा ध्यान दिन आवश्यक रहेको छ ।

१. वास्तुशास्त्रका अनुसार ऐना छोपेर राख्नु राम्रो मानिन्छ । सकेसम्म ऐना दराज खोल्दा देखिने भयो भने उत्तम मानिन्छ ।

२. तपाइँले ऐना जहाँ राखे पनि उत्तर पूर्व दिशामा पर्ने गरी लगाउनुपर्छ । यसले तपाइँको आम्दानीको श्रोत बढाउन मद्दत गर्छ ।

३. ठूलो तर हलुका ऐनालाई राम्रो मानिन्छ । घरमा जति ऐना भएपनि फरक पर्दैन तर फरक ऐनाको फुटेका २ टुक्रालाई जोडेर एक ठाउँमा भने नराख्नुस् । यस्तो निक्कै अशुभ मानिन्छ ।

४. घरमा अँधेरो भइरहने स्थानमा गोलो ऐना राख्नु राम्रो मानिन्छ यसले घरमा भएको नकारात्मक उर्जा घटाउन मद्दत गर्छ ।

५. ऐना यस्तो ठाउँमा राख्नुपर्छ जुन ढोका वा झ्यालको साम्ने नहोस्

६. सुत्ने कोठामा सकेसम्म ऐना नराख्नुस् । ओच्छ्यानको सामुन्ने त राख्दै नराख्नुस् । यसले तपाइँको जीवनमा सम्बन्ध विगार्न सक्छ ।

७. ऐना राख्दा कुनै पनि नराम्रो बस्तु ऐनामा पर्ने गरी नराख्नुस् । सकेसम्म ऐनाबाट राम्रो बस्तुको प्रतिबिम्ब आउनु राम्रो मानिन्छ ।

८. कुनै पनि कोठामा चारैतिर ऐना राख्नु अशुभ मानिन्छ । यस्तो ऐना भएको कोठामा धेरै समस्या आउने वास्तुशास्त्रको दाबी छ ।

९. घरको भित्तामा एकदम माथि वा तल पर्ने गरी ऐना राख्नु राम्रो मानिँदैन । यस्तो भयो भने घरका मानिसहरुलाई अनेक समस्या आउन सक्छ ।

१०. तपाइँको ऐना फुटेको वा धुलो वा फोहोर लागेको हुनु नराम्रो मानिन्छ । यस्तो ऐनाले घरमा नकारात्मक उर्जा पैदा गर्ने वास्तुशास्त्रको भनाइ छ ।