१९ श्रावण २०८३, मंगलवार
,
Latest
सभामुख अर्यालसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेट नेपाल एयरलाइन्सः यात्रु, कार्गो तथा आम्दानीमा वृद्धि सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न स्थानीय तहले गरेनन् सरकारलाई सहयोग, मन्त्री रावलले खोजिन् विपक्षीको सहयोग गृहमन्त्रीको भ्रमण र सम्झौताबारे सरकारको स्पष्टीकरणः कुनै ठोस सम्झौता भएको छैन रामबहादुरलाई वाइल्ड कार्ड तीन दिने खेलकुद प्रदर्शनी शुरु शैक्षिक परामर्श तथा भाषा शिक्षणसम्बन्धी २०७३ को निर्देशिका खारेज गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबीच वार्ता सुरु माकलबारी–देशे सडक विस्तारमा नेपाली सेनासँग विवाद नभएको सांसद पाण्डेको स्पष्टोक्ति प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल म्याड्रिडले म्यानचेस्टरलाई २-० ले हरायो



अ+ अ-

एजेन्सी । प्रि सिजनको मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।

रियलका मिडफिल्डर जुड बेलिङघम र फरवार्ड जोसेलुले गोल गरेपछि म्यानचेस्टरलाई २-० ले हराएको हो । रियलले दुवै हाफमा १/१ गोल गरेको थियो ।

खेलको छैटौं मिनेटमा नै बेलिङघमले एन्टोनियो रुडीगरले डिफेन्सबाट खेलेको लामो पासलाई नियन्त्रण गर्दै दोस्रो टचमा फिनिस गरे । उनले अफसाइड ट्रयाप बिट गरेपछि अघि बढेका गोलरक्षक आन्द्रे ओनानाको माथिबाट गोल गरेका थिए ।

यस्तै, जोसेलुले खेलको अन्त्यतिर गोल गर्दै अग्रता दोब्बर पारे ।लुकास भाज्केजले दिएको क्रसलाई उनले ओभरहेड किकमार्फत गोल गरेका हुन् ।

रियलले यसअघि भएको मैत्रीपूर्ण खेलमा एसी मिलानलाई ३-२ को अन्तरले हराएको थियो । अब क्लबले जुलाई ३० मा बार्सिलोना र अगस्ट ३ मा युभेन्टससँग खेल्नेछ ।

यस्तै, म्यानचेस्टरले जुलाई ३१ मा बोरूसिया डर्टमुन्डसँग ,अगस्ट ५ मा लेन्ससँग तथा अगस्ट ६ मा एथ्लेटिक बिल्बाओसँग खेल्दैछ ।