२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल म्याड्रिडले म्यानचेस्टरलाई २-० ले हरायो



अ+ अ-

एजेन्सी । प्रि सिजनको मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।

रियलका मिडफिल्डर जुड बेलिङघम र फरवार्ड जोसेलुले गोल गरेपछि म्यानचेस्टरलाई २-० ले हराएको हो । रियलले दुवै हाफमा १/१ गोल गरेको थियो ।

खेलको छैटौं मिनेटमा नै बेलिङघमले एन्टोनियो रुडीगरले डिफेन्सबाट खेलेको लामो पासलाई नियन्त्रण गर्दै दोस्रो टचमा फिनिस गरे । उनले अफसाइड ट्रयाप बिट गरेपछि अघि बढेका गोलरक्षक आन्द्रे ओनानाको माथिबाट गोल गरेका थिए ।

यस्तै, जोसेलुले खेलको अन्त्यतिर गोल गर्दै अग्रता दोब्बर पारे ।लुकास भाज्केजले दिएको क्रसलाई उनले ओभरहेड किकमार्फत गोल गरेका हुन् ।

रियलले यसअघि भएको मैत्रीपूर्ण खेलमा एसी मिलानलाई ३-२ को अन्तरले हराएको थियो । अब क्लबले जुलाई ३० मा बार्सिलोना र अगस्ट ३ मा युभेन्टससँग खेल्नेछ ।

यस्तै, म्यानचेस्टरले जुलाई ३१ मा बोरूसिया डर्टमुन्डसँग ,अगस्ट ५ मा लेन्ससँग तथा अगस्ट ६ मा एथ्लेटिक बिल्बाओसँग खेल्दैछ ।