२३ असार २०८३, मंगलवार
,
Latest
काँग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले भने–एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर) करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु ठमेलमा बढे भारतीय पर्यटक काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबार ८३०५ संक्रमित थपिए, १९० जनाको मृत्यु, ६५४३ संक्रमणमुक्त



अ+ अ-

काठमाडौं । नेपालमा थप ८३०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित पाइएको हो । 

गत २४ घण्टामा काठमाडौं उपत्यकामा ३२३२ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा २६००, भक्तपुरमा २२९ र ललितपुरमा ४०३ जना  रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा २२०८७ पिसिआर र ३९२ एन्टिजेन परीक्षण गरिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख १५ हजार ८५२ पुगेको छ । आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९० रहेको छ । नेपालमा हालसम्म ५ हजार ८४७ जनाको मृत्यु भएको छ । 

मन्त्रालयका अनुसार हालसम्म ४ लाख ८८ हजार ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ५ हजार ८४७ जनाको मृत्यु भएको छ भने ३ लाख ६६ हजार ९४६ जना संक्रमणमुक्त भएका छन् । यो ७५.९ प्रतिशत रहेको हो । पछिल्लो २४ घण्टामा मात्र ६ हजार ५४३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।