१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

काँग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले भने–एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ

काँग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले भने–एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ
अ अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसको नियमित महाधिवेशन पक्षधर नेताहरुले पार्टी एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेबारेमा अब ढिलाइ गर्न नहुने सुझाव दिएका छन् ।

मंगलवार दोस्रो दिन पनि जारी १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रिय समितिको बैठकमा बोल्दै नियमित महाधिवेशन पक्षधर नेताहरुले यस्तो सुझाव दिएका हुन् ।

पार्टीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता मिनबहादुर विश्वकर्माले पार्टी एकताका लागि कसरी अगाडि बढ्न सकिन्छ ? र एकता नभए पार्टीलाई कसरी अगाडि लैजान सकिन्छ भन्नेबारेमा आजको बैठकमा पाँच जना नेताहरुले धारणा राख्नुभएको जानकारी दिनुभयो ।

उहाँकाअनुसार सबैले पार्टी एकताको चिन्ता गर्नुभएको छ । नेपाली काँग्रेसलाई निरन्तरता दिएर अगाडि लैजानका लागि सबै नेताहरू एकठाउँ बस्नुपर्ने, साझा निर्णय गर्नुपर्ने, वैकल्पिक शक्ति निर्माण गर्नुपरे वा वैकल्पिक संगठन नै निर्माण गर्नुपरे पनि अब हच्किनु नहुने नेताहरुले बताउनुभएको जानकारी गराउनु भयो ।

उहाँले भन्नुभयो,‘हिजोको बैठकमा प्रश्तावका रूपमा आएको साउन ६ गते विपी स्मृति दिवस भव्य सभ्यताका साथ सम्पन्न गर्ने कुराको आज निर्णय भएको छ ।

पार्टी एकताका लागि कसरी अगाडि बढ्न सकिन्छ ? एकता नभए पार्टीलाई कसरी अगाडि लैजान सकिन्छ र राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिलाई जोडेर आज बोल्ने क्रममा वक्ताहरू सबैले नै पार्टी एकताको चिन्ता पनि गर्नुभएको छ । सँगसँगै एकता हुन सकेन भने नेपालको लोकतान्त्रिक आन्दोलनमा आजसम्म जति पनि हाम्रा श्रद्धेय नेताहरूले आजका दिनसम्म योगदान पु¥याउनुभएको छ, त्यसलाई इतिहासमा नमेटिने गरी फेरि यसलाई निरन्तर लिएर जानका लागि अब हामीले पनि पाइला सार्नुपर्छ, त्यो शाहस गर्नुपर्छ र नेपाली काँग्रेसलाई निरन्तरता दिएर अगाडि लैजानका लागि सबै नेताहरू एकठाउँ बस्नुप¥यो, साझा निर्णय गर्नुप¥यो र वैकल्पिक शक्ति निर्माण गर्नुपरेमा अथवा वैकल्पिक संगठन नै निर्माण गर्नुपरेमा पनि हामी हच्किनु हुँदैन अथवा त्यसमा हामी धेरै आशङ्काहरू गर्नु हुँदैन, लिएर अगाडि जानुपर्छ भन्ने राय अधिकांश वक्ता साथीहरूको आएको छ । र यो बैठक भोलि २ बजे पनि निरन्तर चल्ने गरी आजको बैठक स्थगित भएको छ ।

आज ५ जना साथीहरूले बोल्नुभएको छ र कार्यवाहक सभापतिज्यूले बोल्नलाई पहिले नै फ्लोर ओपन गर्दिनुभयो र ५ जना साथीहरूले आफ्ना कुराहरू निरन्तर राख्नुभएको छ । र अधिकांश त वक्ताहरूको कुरा नै के छ भने अब अल्मल नगरौँ, जे गर्ने हो छिटो गरौँ भन्ने छ ।’
उहाँले बैठक बुधवार ३ बजे सम्पर्क कार्यालय चुनदेवीमा पुनः बस्नेथरी स्थगित भएको बताउनु भयो । –न्युज एजेन्सी नेपाल