काठमाडौं । नेपालमा थप ८३०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित पाइएको हो ।
गत २४ घण्टामा काठमाडौं उपत्यकामा ३२३२ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा २६००, भक्तपुरमा २२९ र ललितपुरमा ४०३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा २२०८७ पिसिआर र ३९२ एन्टिजेन परीक्षण गरिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख १५ हजार ८५२ पुगेको छ । आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९० रहेको छ । नेपालमा हालसम्म ५ हजार ८४७ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ४ लाख ८८ हजार ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ५ हजार ८४७ जनाको मृत्यु भएको छ भने ३ लाख ६६ हजार ९४६ जना संक्रमणमुक्त भएका छन् । यो ७५.९ प्रतिशत रहेको हो । पछिल्लो २४ घण्टामा मात्र ६ हजार ५४३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।











