९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने

बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने
अ अ+ अ-

काठमाडाैँ । अन्तरराष्ट्रिय सीमानाका बेलहियाको ट्राफिक व्यवस्थापन, यात्रु तथा पर्यटकको आवागमन, सामान ओसारपसारसहित सुरक्षा प्रबन्ध सुनिश्चित गर्न पहल भएको छ ।

भारतीय मालवाहक सवारीसाधन जथाभावी रूपमा सडकमै पार्किङ गर्ने र भारतीय नम्बर प्लेटका ट्याक्सी नेपालतर्फ प्रवेश गरी निर्वाध रूपमा यात्रु ओसारपसार गर्ने परिस्थिति बढ्दै जाँदा बेलहियानाका अस्तव्यस्त बनेको भन्ने गुनासो आएसँगै व्यवस्थापन प्रक्रिया सुरु भएको हो ।

सो सन्दर्भमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रसाद अर्यालले स्थानीय जनता र व्यावसायी तथा सम्बद्ध सरकारी निकायलगायत सरोकारवाला पक्षबाट प्राप्त रायसुझावसहित सीमापारिका भारतीय अधिकारीहरूको समेत सहयोग र सहकार्यमा सीमानाकास्थित बेलहियाको समस्या समाधान गरिने बताउनुभयो ।

उहाँले सर्वपक्षीय समितिबाट प्राप्त सुझावका आधारमा बेलहियाको समस्या समाधान गर्ने पक्षमा प्रशासन रहेको स्पष्ट गर्दै उहाँले भन्नुभयो, “स्थानीय प्रहरी प्रशासनले एक महिनाभित्र भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग छलफल गरी समाधानको पहल गर्नेछ । त्यसबाट सम्भव नभए प्रमुख जिल्ला अधिकारीका हैसियतले भारतीय समकक्षीसँग छलफल गरी सीमानाका बेलहियाको समस्या समाधान गरिने छ, जनताको मागबमोजिम व्यवस्थापन गरिनेछ ।”

भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले एकीकृत जाँच चौकी (आइसिपी) निर्माणको काम करिब ९५ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिँदै सो सञ्चालनमा आएपछि पार्किङ व्यवस्थापन सहज भई हाल देखिएका अधिकांश समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले स्थानीय सुरक्षा संयन्त्रलाई अझ प्रवाभकारी ढङ्गबाट परिचालन गरी ट्राफिक तथा पार्किङ व्यवस्थापनमा ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैगरी, सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर सुशील पौडेलले भारततर्फ जारी सडक विस्तारको काम पूरा हुनासाथ ट्राफिक व्यवस्थापनसँग सम्बन्धित समस्या न्यूनीकरण हुने बताउँदै जथाभावी गाडी रोक्न निषेध गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय प्रहरीका अनुसार पछिल्ला दिनमा रुपन्देहीको वेलहिया सीमानाका हुँदै दैनिक पाँच हजार व्यक्ति, ३०० देखि ५०० वटा भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारीसाधन, २५–३० वटा यात्रुवाहक बस र १००–१५० मालवाहक ट्रकको आवातजावत हुने गरेको छ ।