३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

लचिलो मौद्रिक नीति सार्वजनिक, मुद्रास्फीति ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य (पूर्णपाठ)

लचिलो मौद्रिक नीति सार्वजनिक, मुद्रास्फीति ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य (पूर्णपाठ)
अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै आर्थिक गतिविधिलाई चलायमान बनाउने, बैंकिङ प्रणालीमा संरचनात्मक सुधार गर्ने र वित्तीय स्थायित्व कायम राख्ने लक्ष्य अघि सारेको छ।

मंगलबार गभर्नर प्रा. डा. विश्व पौडेलले सार्वजनिक गरेको नीतिअनुसार आगामी आर्थिक वर्षमा मुद्रास्फीतिलाई ५.५ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य तय गरिएको छ। त्यस्तै, निजी क्षेत्रतर्फ ११ प्रतिशत कर्जा विस्तार र १४ प्रतिशत विस्तृत मुद्रा प्रदाय हुने प्रक्षेपण गरिएको छ।

राष्ट्र बैंकले आर्थिक वृद्धिलाई सहयोग पुग्ने गरी मौद्रिक नीतिको लचिलो कार्यदिशालाई निरन्तरता दिएको जनाएको छ। साथै, बैंक तथा वित्तीय संस्थाको व्यवसायको आकार, प्रकृति र कार्यक्षेत्रका आधारमा पुनर्वर्गीकरण गरी विशिष्टीकृत बैंकिङ प्रणालीतर्फ अघि बढ्ने नीति लिइएको छ।

बैंक तथा वित्तीय संस्थाको शाखा खोल्ने र बन्द गर्ने प्रक्रियालाई थप लचिलो बनाइने भएको छ। वित्तीय सेवामा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्दै सञ्चालन खर्च घटाउन पनि बैंकहरूलाई प्रोत्साहन गरिने नीति लिइएको छ।

कर्जा व्यवस्थापनतर्फ संस्थागत ऋणीबाट व्यक्तिगत जमानी लिने अभ्यासमा कडाइ गरिने भएको छ। यसबाट असीमित दायित्व सिर्जना हुने अवस्थालाई अन्त्य गर्ने राष्ट्र बैंकको तयारी छ। साथै, कालोसूचीमा पर्ने व्यक्तिको संख्या न्यून गर्ने व्यवस्था मिलाइने तथा रुग्ण उद्योगमा रहेको निष्क्रिय कर्जाको विशेष व्यवस्थापन गरिने उल्लेख गरिएको छ। दबाबमा परेका कर्जाको पुनरुत्थानका लागि नयाँ उपकरणसमेत लागू गरिने नीति छ।

मौद्रिक नीतिले बैंकहरूको पुँजी परिचालन लागत घटाएर ऋणीलाई सस्तो र सहज कर्जा उपलब्ध गराउने लक्ष्य लिएको छ। बजारमा अधिक तरलताका कारण ब्याजदर अत्यधिक घट्न नदिन राष्ट्र बैंकले आवश्यक परे अतिरिक्त तरलता आफ्नै खर्चमा व्यवस्थापन गर्ने व्यवस्था पनि गरेको छ। तरलताको प्रकृतिअनुसार विभिन्न उपकरण प्रयोग गरी बजार व्यवस्थापन गरिने जनाइएको छ।

यस वर्ष पनि ब्याजदर कोरिडोरअन्तर्गतका प्रमुख नीतिगत दरहरू यथावत् राखिएको छ। नीतिगत दर ४.५० प्रतिशत, स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत र स्थायी तरलता सुविधा दर ६ प्रतिशत कायम गरिएको छ।

त्यस्तै, अनिवार्य नगद अनुपात (सीआरआर) ४ प्रतिशत, वैधानिक तरलता अनुपात (एसएलआर) वाणिज्य बैंकका लागि १२ प्रतिशत र विकास बैंकका लागि १० प्रतिशत यथावत् राखिएको राष्ट्र बैंकले जनाएको छ।