१४ भाद्र २०८३, आईतवार
,
Latest
टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो भोटेकोशी विपत्तिमा राजनीति नगर्न ओलीको आग्रह, सरकारप्रति भने आक्रोश केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल भोटेकोशी विपद् प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले दियो रु. २ करोड ५१ लाख
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेस र नेकपा (एमाले)बीच भएको पूर्वसहमति अनुसार प्रदेश सरकारहरु हेरफेर हुने देखिएको छ । नेपाली काँग्रेस र नेकपा (एमाले) बीच भएको आलोपालो मुख्यमन्त्री बन्ने पूर्वसहमतिअनुसार साउनको पहिलो सातादेखि मधेस प्रदेशबाहेक अन्य सबै प्रदेशमा सरकार फेरबदल हुने नेकपा (एमाले) वागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले दाबी गर्नुभएको छ ।

नेता थपलियाकाअनुसार मधेस प्रदेशमा हालै मात्र नयाँ सरकार गठन भएकाले त्यहाँ तत्काल सरकार परिवर्तन हुने सम्भावना छैन । उहाँले मधेसबाहेक अन्य सबै प्रदेशमा साउनको पहिलो सातादेखि नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्ने दाबी गर्नुभयो ।

उहाँले कुन प्रदेश सरकारको नेतृत्व कुन दलले गर्ने ? भन्ने विषयमा पार्टीको शीर्ष तहमा छलफल भएर टुंगिने समेत बताउनु भयो । उहाँले बागमती प्रदेशमा हाल पूर्वसहमति अनुसार काँग्रेसले सरकारको नेतृत्व गरिरहेको उल्लेख गर्दै अब सरकारको नेतृत्व एमालेले गर्ने दाबी गर्नुभयो ।

उहाँले वागमती प्रदेशको मुख्यमन्त्रीमा स्वभाविक रुपमा आफ्नो दाबी रहेको पनि बताउनु भयो ।