२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी पदाधिकारी बैठकमा के भयो?



अ+ अ-

काठमाडौं ।केन्द्रीय कमिटी बैठकका लागि नेकपा (माओवादी केन्द्र)ले एजेन्डा तय गरिरहेको छ ।

पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले आगामी साउन १७ गते बस्ने केन्द्रीय कमिटी बैठकको तयारीबारे छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

‘१७ बाट केन्द्रीय कमिटी बैठक बस्दै छ । अध्यक्ष ज्यूले नै आफू केही दिन बाहिर हुने र बैठकका प्रारम्भिक एजेन्डा तयार गर्नका लागि बैठक बस्नुहोला भनेकाले बसेको हो । केन्द्रीय कमिटी बैठक कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भयो। सबैले आ-आफ्ना कुरा राखे’, महराले भने । पार्टीका शीर्ष नेताहरू पुनः ४ बजे छलफलमा जुट्ने गरी बैठक सकिएको उनले जनाए ।

माओवादीले केन्द्रीय कमिटी बैठक साउन १७ गतेदेखि तीन दिनसम्म प्रज्ञा भवनमा बस्ने तयारी गरेको छ ।