• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   बेलायती प्रधानमन्त्रीले पहिलोपटक टेन डाउनिङमा नेपाली समुदायलाई सम्बोधन गर्दै ★   एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि… ★   संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे ★   जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु: प्रधानमन्त्री ★   व्यक्ति केन्द्रित समिति गठन हुँदैन – एमाले उपाध्यक्ष पोखरेल ★   जीवनको भोगाई स्मरण गर्दै विजयले भने – यस्तो दिन पनि देखेँ जब खानका लागि केही… ★   हार्दिकलाई एक खेलको प्रतिबन्ध, ३० लाख जरिवाना पनि लगाइयो ★   सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल ★   मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते ★   अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन

सय किलो सुन तस्करी प्रकरणः अर्थ मन्त्रालय र विभागले बुझेनन् भन्सारको संवेदनशीलता



फाईल फोटो

काठमाडौं । त्रिभुवन विमानस्थलको भन्सार कार्यालय अन्यन्तै संवेदनशील निकायको रूपमा रहेको भए पनि सो निकाय डेढ महिनादेखि नेतृत्वविहीन राखिदा सुन तस्करी गर्ने गिरोहले सहज वातावरण पाएको देखिएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेल लामो समयदेखि विदामा बसेको अवस्थामा नै सय किलो सुन तस्करी भएको थियो । यसमा भन्सार विभाग र अर्थ मन्त्रालयले समेत भन्सार कार्यालयको संवेदनशीलतामाथि ध्यान दिन नसक्दा तस्करी गर्ने गिरोहलाई सहजता भएको स्रोतको दाबी छ ।

अर्थ मन्त्रालय, भन्सार विभाग र त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबीच नियमित समन्वय हुनपर्नेमा त्यस्तो पनि हुन नसकेको पाइएको छ ।’ अर्थ मन्त्रालयका एक पूर्वसचिवले नेपाल समाचारपत्रसँग भने– ‘भन्सार निकायहरू अन्त्यन्तै चुस्त दुरुस्त र ‘चेन अफ कमान्डमा राखिनुपर्छ, किनकि ती सबै निकाय निकै संवेदनशील निकाय हुन् ।’ ती पूर्व सचिवले सय किलो सुन तस्करीको विषयले भन्सारका सबै निकाय र अर्थ मन्त्रालयको शिर निहुरिने अवस्था आएको बताए । उनले यो विषयमा अर्थ मन्त्रालय, भन्सार विभाग र विमानस्थलको भन्सार कार्यालयको गम्भीर त्रुटि रहेको दाबी गरे । विमानस्थल भन्सार कार्यालयलाई लामो समयसम्म निमित्तको भरमा राख्न नहुने र त्यसो गर्दा तस्करको मनोबल बढ्न सक्ने ती सचिवको दाबी थियो ।

भन्सार कार्यालयका कर्मचारीले जाँचपास गरिसकेपछि तस्करी गरी ल्याइएको सय किलो सुन बाहिरिने क्रममा राजस्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको थियो । स्रोतका अनुसार तस्करी गर्ने गिरोह र भन्सार एजेन्टले विमानस्थल भन्सार कार्यालयको नेतृत्व कमजोर रहेको र भन्सार विभाग तथा अर्थ मन्त्रालयले समेत कुनै चासो नदिएको पाइएपछि तस्करीको क्रम बढाएको देखिन्छ । २ महिनाको अवधिमा ब्रेक सुजस्ता सामानहरू २२ पटक भित्रिएको थियो ।

यस्तै, क्रममा साउन ३ गते भन्सारबाट बाहिरिने क्रममा तस्करीको १ सय किलो सुन बरामत भएको थियो । सो प्रकरणमा संलग्न मुख्य गिरोहको हालसम्म पहिचान हुन सकेको छैन । केही एजेन्ट र सुन भरियालाई मात्रै पक्राउ गरिएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको नेतृत अन्त्यतै चलायमान हुनपर्छ तर डेढ महिनासम्म सो कार्यालय नेतृत्वविहीन भएर निमित्तको भरमा सञ्चालन हुँदा पनि भन्सार विभाग र अर्थ मन्त्रालयको चासो नदिनुलाई शंकाको रूपमा हेर्न सकिने स्रोतको दाबी छ ।

अर्थ मन्त्रालयका अनुसार त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा यात्रु चेक र सामान चेक गर्ने गरी दुईवटा संरचनासहितको जनशक्ति रहेका छन् । जहाँ दुवै संरचनामा गरेर झण्डै १ सय ५० जना कर्मचारी रहेका छन् । स्रोतका अनुसार कार्यालयमा रहेका केही कर्मचारीलाई भन्सार एजेन्टहरूले प्रभावमा पार्ने गरेका छन् । भन्सार एजेन्टबाट प्रभावमा परेका कर्मचारी तथा भन्सार एजेन्ट आफैंले पनि माथिसम्म सेटिङ मिलाएर तस्करी गर्ने गरेका छन् । यस प्रकरणमा भन्सार कार्यालयमा धेरै समयसम्म बसेका कर्मचारीहरू र अन्यत्र गएर पटक पटक कार्यालयमा नै आएका कर्मचारीहरूको बढी मिलेमतो हुन सक्ने स्रोतको दाबी छ ।

भन्सार कार्यालयको सम्पूर्ण गतिविधि त्यहाँको नेतृत्व, भन्सार विभाग र अर्थ मन्त्रालयको नेतृत्वले समेत सीसीटिभीमार्फत् नियमित हेर्न सक्ने गरी अनुगमन प्रणालीको व्यवस्था गरिएको भए पनि भन्सार विभाग र अर्थ मन्त्रालयको नेतृत्वले सीसीटिभीमार्फत् नियमित निगरानी र अनुगमन गर्न नसक्दासमेत तस्करी हुने क्रम बढिरहेको र सय किलो सुन तस्करी भएको अधिकारीहरूको दाबी छ । नेपाल समाचारपत्र