२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्च तहका नेताहरुको सम्पती छानबिन हुनैपर्छः उपसभापति गुरुङ



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेताहरुको सम्पती छानबिन गर्न छानबिन समिति आयोग गठन गर्नुपर्ने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले फरक काँग्रेसीहरुले राजनीतिक दलका उच्च तहका नेताहरुको सम्पती विवरण छानबिन गर्न सरकारस्ँग आग्रह गर्नुपर्ने बताउनुभएको हो । उहाँले उच्च तहका नेताहरुको सम्पती छानबिन गरी रुपान्तरणको अभियान शुरु गर्नुपर्ने बताउनु भयो ।

उहाँले उच्च तहका नेताको सम्पती अब चाँडै नै छानबिन हुने बताउनु भयो । उपसभाति गुरुङले रुपान्तरण विषय र सिद्धान्तबाट हुने भन्दै व्यक्तिको अनुहारबाट रुपान्तरण सम्भव नरहेको जिकिर गर्नुभयो । उहाँले भ्रष्टाचारका ठूला ठूला काण्डहरुको फाइल खोल्दै अनियमितता गर्नेहरुलाई कानूनी कठघरामा उभ्याउने बताउनु भयो । निष्ठा, विचार र सिद्धान्तको कुरामा मन्त्री पदको पर्वाह नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘धनराज गुरुङ यदी फरक काँग्रेस हो, शेखर कोईराला यदी फरक काँग्रेस हो भने हामीले भन्नैपर्छ । पहिला हाम्रो सम्पती छानबिन गरेर देखाउ सरकार भन्न सक्नुपर्छ । छानबिन समिति आयोग गठन गर भन्नुपर्छ । म आफैँ सरकारमा छु । म भन्दैछु । आज नीति तथा कार्यक्रममा आएको उच्च तहका नेताहरुको सम्पती छानबिन गर्ने भनेर हामीले लेखिसकेपछि अब भन्नैपर्छ की नेपाल सरकारले सायद ढिलो चाँडो म पनि मन्त्री छु, सुझाव दिएकै छु ।

ढिलो चाँडो उच्च तहका नेताहरुको सम्पती छानबिन आयोग गरेरै छोडिन्छ, कसैलाई छोडिँदैन । रुपान्तरण त यहाँबाट होला नि त । विषयबाट गर्ने होला नि त रुपान्तरण । सिद्धान्तबाट गर्ने होला नि त रुपान्तरण, इस्युबाट होला नि त, रुपान्तरण व्यक्तिको अनुहारबाट खोज्ने होइन । भ्रष्टाचारका ठूला ठूला काण्डहरुको फाइल खोल्दै खोल्दै जाने हो, प्रधानमन्त्रीसँग मन्त्रीको हैसियतले भनेको छु, प्रधानमन्त्रज्यु अघि बढ्नुस् । जो जो पर्छन् पर्छन्, काँग्रेस, एमाले, माओवादी को पर्छन् थाहा छैन, भ्रष्टाचारीलाई कानूनी कठघरामा उभ्याउने हो । म जहाँ छु त्यहीँ छु, मन्त्री भएपछि डराएको छैन, मन्त्री पद छोड्नुपरे छोडौँला, आफ्नो निष्ठा, सिद्धान्त छोडिन्न, विचार छोडिन्न ।’

उपसभापति गुरुङले रुपान्तरणको नाममा अहिले नै पार्टी सभापति परिवर्तन गर्ने भन्ने पक्षमा आफू नरहेको र १५ औं अधिवेशनबाट पार्टी नेतृत्व रुपान्तरण हुने बताउनु भयो । उहाँले १५ औं महाधिवेशनमा पार्टीको सभापति बदल्ने लक्ष्य लिएर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । १५ औं पार्टी महाधिवेशनमा डा. शेखर कोईरालालाई पार्टीको सभापति बनाउने उद्घोष गर्नुभयो ।