• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   हाम्रो शरीरले कति गर्मी सहन सक्छ ? ★   ‘पुजार सार्की’को प्रिमियरमा प्रदीप खड्काले भने– वास्तविक जीवनमा नि छिट्टै विवाह हुन्छ ★   कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति ★   चलचित्र ‘फर्की फर्की’को प्रिमियरपछि कलाकार: ‘अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म’ ★   कोलकाताका सह–मालिक शाहरुख खान अहमदाबादमा अस्पताल भर्ना ★   किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण ★   सन्दीपको भिसा प्रक्रियाका लागि क्यान तातियो, सांसद शाही पनि दौडधुपमा ★   सदरमुकाममा नै छैन पक्की पुल ★   कबड्डी टोली बंगलादेश प्रस्थान ★   दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा

प्रधानमन्त्री प्रचण्ड र अल्भारो लारियोबीच भेटवार्ता



काठमाडौँ । इटाली भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग इन्टरनेशनल फण्ड फर एग्रिकल्चर (आईएफएडी) का प्रमुख अल्भारो लारियोबीच भेटवार्ता भएको छ ।

मंगलबार बिहान भएको भेटवार्तामा आईएफएडीद्वारा सञ्चालित विभिन्न परियोजनाका समीक्षा, आईएफएडी र नेपालबीचका सम्बन्धलगायतका बारेमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

नेपालको कृषि क्षेत्रमा आईएफएडीको पहलमा विभिन्न परियोजनाहरु सञ्चालित छन् ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा जारी संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली २०२३ सम्मेलनका क्रममा भाग लिन प्रधानमन्त्री प्रचण्ड यही साउन ६ गते इटाली प्रस्थान गर्नुभएको हो ।