२५ श्रावण २०८३, सोमबार
,
Latest
यमनमा हुथी विद्रोहीको मिसाइल र ड्रोन आक्रमणः ८ जनाको मृत्यु, तटीय क्षेत्रमा व्यापक क्षति अनलाइन ठगीको सञ्जालः विवाहको प्रलोभनमा कास्कीकी एक महिलाले गुमाइन् ३१ लाख रुपैयाँ ह्वाइट हाउसको मुख्य कानूनी सल्लाहकारमा विल शार्फ नियुक्त दक्षिण लेबनानको ‘पाइलट क्षेत्र’ मा तीन सैनिक घाइते, इजरायली सेनाद्वारा अनधिकृत संरचना निर्माण झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र हङकङमा गर्मीको नयाँ कीर्तिमानः तापक्रम ३६.९ डिग्री सेल्सियस पुग्यो प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतलाई भेट्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्याको जन्मदिनमा पोस्टर टाँस्न पोलमा चढेका दुई फ्यानको करेन्ट लागेर निधन



अ+ अ-

एजेन्सी । साउथका चर्चित अभिनेता सूर्याले २३ जुलाईमा आफ्नो जन्मदिन मनाउँदै थिए । यसैबीच उनको पोस्टर लगाउन पोलमा चढेका दुई फ्यानको दुःखद मृत्यु भएको छ ।

उनीहरु दुवैको करेन्ट लागेर मृत्यु भएको हो । यो घटना आन्ध्र प्रदेशको पाल्नाडु जिल्लाको हो ।

दुवै फ्यान कलेज पढ्न गएका थिए । उनीहरु दुवैले सूर्याको पोस्टर लगाउन खोज्दै गर्दा बिजुलीको तारमा फलामको रड ठोक्कियो । दुवै युवाको करेन्ट लागेर घटनास्थलमै मृत्यु भयो । प्रहरीले दुवैको शव पोष्टमार्टमका लागि पठाएको छ ।

पाल्नाडु जिल्लाको मोपुलावरीपालम गाउँमा पोलुरी साई र नक्का वेंकटेश नामका दुई जना पुरुष सूर्याको जन्मदिनको झण्डा फहराउन पोलमा चढे । फ्लेक्समा फलामको रड जोडिएको थियो । सोही क्रममा रड ओभरहेड बिजुलीको तारसँग सम्पर्कमा आएको थियो ।

मृत्यु भएका पोलुरी साईकी बहिनी अनन्याले दाईको मृत्युको लागि कलेज प्रशासनलाई दोष दिएकी छिन् । एएनआईसँग कुरा गर्दै उनले भनिन्, ‘हामीले कलेजका लागि धेरै शुल्क तिर्छौँ । कलेजमा भर्ना हुनु अघि, उनीहरूले हामीलाई विद्यार्थीहरू सुरक्षित रहने र अनुगमन गरिने आश्वासन दिन्छन् । तर कलेज होस्टेलमा न त विद्यार्थीहरुको अनुगमन छ न त उनीहरुको सुरक्षाका लागि कुनै पहल भएको छ ।’

सूर्या हिजो ४८ वर्षका भए । उनको जन्मदिनमा उनको आगामी फिल्म ‘कंगुवा’को पहिलो झलक सार्वजनिक भएको छ । यसमा सूर्या योद्धाको भूमिकामा देखिएका छन् । यो हेरेपछि यो फिल्म एक्सन दृश्यले भरिपूर्ण हुनेछ भन्ने अनुमान लगाउन सकिन्छ ।