६ पुष २०८२, आईतवार
,
Latest
तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु सुनचाँदीको मूल्यमा उतारचढाव, सुन दुई लाख ६० हजार नजिक जेन–जी फ्रन्टद्वारा सल्लाहकार परिषद् गठन २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाकाली नदीले निर्माण सामग्री बगाउँदा २० लाखको क्षति



अ+ अ-

दार्चुला । महाकाली नदीमा आएको बाढीले दार्चुलाको श्रीवगडमा निर्माणाधीन तटबन्धको निर्माण सामग्री बगाएको छ । महाकाली नदी नियन्त्रण आयोजनाको निर्माण चलिरहेको श्रीवगडमा नदीले सामग्री बगाएको हो । 

महाकालीमा आएको वहाबका कारण राजेन्द्र निर्माण सेवाले निर्माण गरिरहेको तटबन्ध निर्माण क्षेत्रको मिक्सर मेसिन, छड, सरिया, सिमेन्ट, फर्मालगायतका सामग्री नदीले बगाएको महाकाली नदी नियन्त्रण आयोजना प्रमुख शोभाकर पौडेलले बताउनुभयो ।

“नदीले तटबन्ध पूरै ढाकेको छ, तटबन्धमा अन्य के-कति क्षति भएको बारे यकिन भएको छैन”, पाण्डेले भन्नुभयो, “अहिलेसम्म अनुमानित रु १५/२० लाख बराबरको क्षति भएको छ । विसं २०७० को बाढीपछि नदी नियन्त्रण आयोजनाले पहिलो चरणमा खलङ्गाको नमस्कारबाट बङ्गाबगडसम्म तटबन्ध निर्माणको काम शुरु गरेको थियो । दोस्रो चरणमा खलङ्गा बाहिरका क्षेत्रमा निर्माण काम भइरहेको हो । श्रीवगडमा पनि बाढीले क्षति गरेको थियो । सो क्षेत्रमा तटबन्ध निर्माणदेखि तातोपानी धार्मिक क्षेत्र जोगाउने गरी तटबन्ध निर्माण भइरहेको थियो ।

निरन्तर वर्षा र भारतले धौलीगङ्गा परियोजनाको ड्याम खोलेका कारण आयोजनाको तटबन्धमा क्षति पुगेको हो । बिहीबार मात्रै भारतले धौलीगङ्गा जलविद्युत्को बाँध जुनसुकै बेला खुल्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गरेको थियो । यस्तै बङ्गाबगडमा ढुङ्गा खस्दा तटबन्धमा थोरै क्षति भएको आयोजनाले जनाएको छ ।