२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राकृतिक सुन्दरताको अनुपम नमूना बसन्तपुर- फोटो फिचर



अ+ अ-

बुटवल । बुटवलको उखरमाउलो गर्मीमा शीतल हावाको आनन्द लिने, तथा शिशिरको मुटुनै कमाउने जाडोमा पारिलो घाम ताप्ने ठाउँ हो बसन्तपुर, पाल्पा । समुन्द्री सतहबाट करिब ११०० मिटरको उचाइमा अवस्थित यस ठाउँमा बुटवलभन्दा निकै भिन्न मौसम पाइन्छ ।

बुटवलमा महिनौँ घाम नलागेर हुस्सुको फुसफुस शीतमा कठ्याङ्ग्रिँदै बस्नु पर्दा पनि दुई चार घन्टाको उकालो चढ्ने हो भने न्यानो घाम, नीलो आकाश देख्न पाइन्छ । त्यसमाथि बुटवलमाथिको कुहिरोको ताल, आहा !शब्दमा बयान गरिनसक्नु छ ।

 साथै बुटवलको हपहप गर्मीमा पसिनाले नुहाइरहँदा पनि शीतल हावाको साथमा लोकल कुखुराको मासुसँगै स्थानीय परिकारको स्वाद ! थप के चाहियो र ?

झुम्सातिरबाट घुमेर जानु पर्ने कच्ची बाटो, त्यसको पनि वर्षायाममा भर नहुने साथै हिँडेर जान अलिक समय लाग्ने अवस्था रहेकोमा दुई दशमलव छ किलोमिटर लामो लुम्बिनी केवलकार सञ्चालनमा आएपछि दूरी छोटिएर दस/पन्ध्र मिनेटमै जुनसुकै बेला पुग्न सकिने भएपछि त अब के चाहियो र ?

झिलिमिली बुटवल बजार, चौडा सडक, बीचैबाट बग्ने तिनाउ नदी, टाढा टाढासम्म देखिने हरिया फाँटहरु, कुहिरोको लुकामारी, प्राकृतिक सुन्दरताको अनुपम नमूना हो बसन्तपुर ।

जुनसुकै समयमा गए पनि निराश नबनाउने यस ठाउँमा प्राकृतिक सुन्दरताको उच्चतम आनन्द लिन भने पानी परेपछि आकाश खुलेको बेला वा जाडोमा हुस्सु लागेको बेला जानु उपयुक्त हुन्छ साथै साँझररात पर्दा सम्मै बस्ने हो भने स्वर्गको एक टुक्राभन्दा कम लाग्दैन ।

बसन्तपुर यात्राको क्रममा मैले खिचेका केही तस्बिर राखेको छु तर सही समयमा आफैँ जाँदाको अनुभव यी तस्बिरभन्दा धेरै गुणा सुन्दर छ ।




भर्खरै