२८ मंसिर २०८२, आईतवार
,
Latest
एमाले केन्द्रीय कमिटी बैठक बस्दै,विधान संशोधन प्रस्ताव लगिने बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’ पर्यटन सबलीकरणका लागि कर्ण शाक्यका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राकृतिक सुन्दरताको अनुपम नमूना बसन्तपुर- फोटो फिचर



अ+ अ-

बुटवल । बुटवलको उखरमाउलो गर्मीमा शीतल हावाको आनन्द लिने, तथा शिशिरको मुटुनै कमाउने जाडोमा पारिलो घाम ताप्ने ठाउँ हो बसन्तपुर, पाल्पा । समुन्द्री सतहबाट करिब ११०० मिटरको उचाइमा अवस्थित यस ठाउँमा बुटवलभन्दा निकै भिन्न मौसम पाइन्छ ।

बुटवलमा महिनौँ घाम नलागेर हुस्सुको फुसफुस शीतमा कठ्याङ्ग्रिँदै बस्नु पर्दा पनि दुई चार घन्टाको उकालो चढ्ने हो भने न्यानो घाम, नीलो आकाश देख्न पाइन्छ । त्यसमाथि बुटवलमाथिको कुहिरोको ताल, आहा !शब्दमा बयान गरिनसक्नु छ ।

 साथै बुटवलको हपहप गर्मीमा पसिनाले नुहाइरहँदा पनि शीतल हावाको साथमा लोकल कुखुराको मासुसँगै स्थानीय परिकारको स्वाद ! थप के चाहियो र ?

झुम्सातिरबाट घुमेर जानु पर्ने कच्ची बाटो, त्यसको पनि वर्षायाममा भर नहुने साथै हिँडेर जान अलिक समय लाग्ने अवस्था रहेकोमा दुई दशमलव छ किलोमिटर लामो लुम्बिनी केवलकार सञ्चालनमा आएपछि दूरी छोटिएर दस/पन्ध्र मिनेटमै जुनसुकै बेला पुग्न सकिने भएपछि त अब के चाहियो र ?

झिलिमिली बुटवल बजार, चौडा सडक, बीचैबाट बग्ने तिनाउ नदी, टाढा टाढासम्म देखिने हरिया फाँटहरु, कुहिरोको लुकामारी, प्राकृतिक सुन्दरताको अनुपम नमूना हो बसन्तपुर ।

जुनसुकै समयमा गए पनि निराश नबनाउने यस ठाउँमा प्राकृतिक सुन्दरताको उच्चतम आनन्द लिन भने पानी परेपछि आकाश खुलेको बेला वा जाडोमा हुस्सु लागेको बेला जानु उपयुक्त हुन्छ साथै साँझररात पर्दा सम्मै बस्ने हो भने स्वर्गको एक टुक्राभन्दा कम लाग्दैन ।

बसन्तपुर यात्राको क्रममा मैले खिचेका केही तस्बिर राखेको छु तर सही समयमा आफैँ जाँदाको अनुभव यी तस्बिरभन्दा धेरै गुणा सुन्दर छ ।