११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

५० लाख दाइजो मागेको आरोपमा मण्डपबाटै पक्राउ परेका बेहुला १ लाख धरौटीमा छुटे



अ+ अ-

काठमाडौं । काठमाडौं जिल्ला अदालतले ५० लाख रुपैयाँ दाइजो मागेको भन्दै मण्डपबाटै पक्राउ परेका बेहुला अनुराग रौनियारलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले उक्त आदेश गरेको हो ।

सुनसरी दुहबी नगरपालिका वडा नम्बर ६ स्थायी घर भई काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय रौनियारलाई काठमाडौंको नक्सालबाट प्रहरीले असार १२ गते पक्राउ गरेको थियो ।

उनले नक्सालस्थित लिसरा रिसेप्सन पार्टी प्यालेसमा विवाह हुँदै गर्दा बेहुला पक्षले थप पचास लाख रुपैयाँ दाइजो नदिए विवाह रद्द गर्ने धम्की दिएका थिए । साथै, बेहुलीलाई हातपात र गाली बेइज्जती गरेका थिए ।

अदालतले प्रतिवादी बनाइएका बेहुलाका भाई आकाशलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ । बेहुलाकी ६५ वर्षीया आमालाई पनि प्रतिवादी बनाइएको थियो । तर, उनी भने पक्राउ पर्न सकेकी थिइनन् ।