९ श्रावण २०८३, शनिबार
,
Latest
ब्राउन सुगरसहित दुई जना पक्राउ सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु) फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँखाको रङ्गले बताउँछ तपाईको ‘पर्सनालिटी’



अ+ अ-

एजेन्सी । समुद्र शास्त्रमा मानव शरीरका अंगहरूको संरचनाको आधारमा मानिसको पर्सनालिटी (व्यक्तित्व)को बारेमा धेरै कुराहरू पत्ता लगाउन सकिन्छ ।

यो शास्त्र ऋषि समुद्रले लेखेका हुनाले यस शास्त्रलाई समुद्र शास्त्र पनि भनिन्छ । त्यसैगरी आँखाको रंगबाट पनि व्यक्तिको व्यक्तित्वका केही कुरा थाहा पाउन सकिन्छ ।

खैरो रङ्गको आँखा
जसको आँखाको रङ्ग गाढा खैरो हुन्छ, समुद्र शास्त्रका अनुसार उनीहरुमा जन्मजात नेता बन्ने गुण हुन्छ । यस गुणको कारण, मानिसहरूले तपाईंलाई चाँडै विश्वास गर्छन् । यस्ता व्यक्तिहरू दयालु स्वभावका हुन्छन्, साथै तिनीहरू सबैलाई मद्दत गर्न तयार हुन्छन् ।

कालो रङ्गको आँखा
अधिकांश मानिसको आँखाको रङ्ग कालो हुने गरेको पाइन्छ । यी व्यक्तिहरू धेरै जिम्मेवार र विश्वसनीय व्यक्ति हुन् । यी मानिसहरु धोका गर्दैनन् भन्ने समुद्रशास्त्रमा विश्वास छ । यसका साथै यस्ता व्यक्ति रहस्यमय पनि हुन्छन् ।

हरियो रङ्गको आँखा
हरियो रङ्गको आँखा कमै देखिन्छ । तर जसको आँखाको रङ्ग हरियो देखियो भने त्यो मानिस बुद्धिमान र उत्साही मानिन्छ । यस्ता मानिसहरु हरेक काम निकै उत्साहका साथ गर्छन् ।

निलो रङ्गको आँखा
निलो आँखा भएका व्यक्ति निकै सुन्दर र आकर्षक देखिन्छन् । यी मानिसहरु धेरै शान्त र तेज दिमागका हुन्छन् भन्ने समुद्रशास्त्रमा विश्वास गरिन्छ । यस्ता मानिसहरुको बारेमा भनिन्छ कि उनीहरु हरेक सम्बन्धलाई पूर्ण भक्तिका साथ राख्छन् ।