२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँखाको रङ्गले बताउँछ तपाईको ‘पर्सनालिटी’



अ+ अ-

एजेन्सी । समुद्र शास्त्रमा मानव शरीरका अंगहरूको संरचनाको आधारमा मानिसको पर्सनालिटी (व्यक्तित्व)को बारेमा धेरै कुराहरू पत्ता लगाउन सकिन्छ ।

यो शास्त्र ऋषि समुद्रले लेखेका हुनाले यस शास्त्रलाई समुद्र शास्त्र पनि भनिन्छ । त्यसैगरी आँखाको रंगबाट पनि व्यक्तिको व्यक्तित्वका केही कुरा थाहा पाउन सकिन्छ ।

खैरो रङ्गको आँखा
जसको आँखाको रङ्ग गाढा खैरो हुन्छ, समुद्र शास्त्रका अनुसार उनीहरुमा जन्मजात नेता बन्ने गुण हुन्छ । यस गुणको कारण, मानिसहरूले तपाईंलाई चाँडै विश्वास गर्छन् । यस्ता व्यक्तिहरू दयालु स्वभावका हुन्छन्, साथै तिनीहरू सबैलाई मद्दत गर्न तयार हुन्छन् ।

कालो रङ्गको आँखा
अधिकांश मानिसको आँखाको रङ्ग कालो हुने गरेको पाइन्छ । यी व्यक्तिहरू धेरै जिम्मेवार र विश्वसनीय व्यक्ति हुन् । यी मानिसहरु धोका गर्दैनन् भन्ने समुद्रशास्त्रमा विश्वास छ । यसका साथै यस्ता व्यक्ति रहस्यमय पनि हुन्छन् ।

हरियो रङ्गको आँखा
हरियो रङ्गको आँखा कमै देखिन्छ । तर जसको आँखाको रङ्ग हरियो देखियो भने त्यो मानिस बुद्धिमान र उत्साही मानिन्छ । यस्ता मानिसहरु हरेक काम निकै उत्साहका साथ गर्छन् ।

निलो रङ्गको आँखा
निलो आँखा भएका व्यक्ति निकै सुन्दर र आकर्षक देखिन्छन् । यी मानिसहरु धेरै शान्त र तेज दिमागका हुन्छन् भन्ने समुद्रशास्त्रमा विश्वास गरिन्छ । यस्ता मानिसहरुको बारेमा भनिन्छ कि उनीहरु हरेक सम्बन्धलाई पूर्ण भक्तिका साथ राख्छन् ।