• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

आगोमा जलेका बालकको उपचारमा समस्या, आर्थिक सहयोग गरिदिन परिवारको आग्रह



डोटी । डोटीको सायल गाउँपालिका–२ भुर्केल्लाका रामबहादुर थापाका छोराको उपचारमा समस्या भएको छ । गएको असार महिनामा १४ महिने बालक इशान थापाको आगोमा जलेर शरिरको अधिकास भाग जलेको थियो ।

आगोले जलेका निज बालकलाई दश दिन नेपालमा उपचार गर्दा उपचार सम्भव नभएपछि अहिले भारतको नयाँ दिल्ली स्थित श्रीगंगाराम अस्पतालमा उपचार भइरहेको सायलका स्थानीयवासी तथा समावसेवी भक्तबहादुर रोकायाले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक अभाबका कारण हाल निज बालकको उपचारमा समस्या भएको छ ।

निज बालकको उचारमा हाल सम्म एक लाख ६० हजार नेपाली रुपैयाँ खर्च भइकेको र फेरी अप्रेनका लागि ८५ हजार भारु पैसा लाग्ने आफन्तले जनाएका छन् । आर्थिक अभावका कारण मृत्युवरणको दोसाधमा रहेका निज बालकको जिवन बचाउनका लागि निजका आफन्त तथा परिवारजनले आर्थिक सहयोगका लागि सबैमा आग्रह गरेका छन् ।

बालकका आफन्तले बुवा रामबहादुर थापाको मोवाइल नम्बर ८००९८८३७६६ तथा एचडीएफसी भारतीय बैंकको खाता नम्बर ५०१००५३०३२८३६७ मा उपचारमका लागि आर्थिक सहयोग गरिदिन अपिल गरेका छन् ।