८ असार २०८३, सोमबार
,
Latest
रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने सरकारले किसानको हितमा काम गर्ने : मुख्यमन्त्री यादव ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगोमा जलेका बालकको उपचारमा समस्या, आर्थिक सहयोग गरिदिन परिवारको आग्रह



अ+ अ-

डोटी । डोटीको सायल गाउँपालिका–२ भुर्केल्लाका रामबहादुर थापाका छोराको उपचारमा समस्या भएको छ । गएको असार महिनामा १४ महिने बालक इशान थापाको आगोमा जलेर शरिरको अधिकास भाग जलेको थियो ।

आगोले जलेका निज बालकलाई दश दिन नेपालमा उपचार गर्दा उपचार सम्भव नभएपछि अहिले भारतको नयाँ दिल्ली स्थित श्रीगंगाराम अस्पतालमा उपचार भइरहेको सायलका स्थानीयवासी तथा समावसेवी भक्तबहादुर रोकायाले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक अभाबका कारण हाल निज बालकको उपचारमा समस्या भएको छ ।

निज बालकको उचारमा हाल सम्म एक लाख ६० हजार नेपाली रुपैयाँ खर्च भइकेको र फेरी अप्रेनका लागि ८५ हजार भारु पैसा लाग्ने आफन्तले जनाएका छन् । आर्थिक अभावका कारण मृत्युवरणको दोसाधमा रहेका निज बालकको जिवन बचाउनका लागि निजका आफन्त तथा परिवारजनले आर्थिक सहयोगका लागि सबैमा आग्रह गरेका छन् ।

बालकका आफन्तले बुवा रामबहादुर थापाको मोवाइल नम्बर ८००९८८३७६६ तथा एचडीएफसी भारतीय बैंकको खाता नम्बर ५०१००५३०३२८३६७ मा उपचारमका लागि आर्थिक सहयोग गरिदिन अपिल गरेका छन् ।