१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

५०० अन्तर्राष्ट्रिय खेल खेल्ने चौथो भारतीय बन्दै कोहली, यस्तो छ ५०० खेलको रेकर्डहरु



अ+ अ-

एजेन्सी । भारत र वेस्ट इन्डिजबीच भोलिदेखि सुरु हुने दोस्रो टेष्ट खेल भारतीय स्टार विराट कोहलीको करियरको ५०० औं अन्तर्राष्ट्रिय खेल हुनेछ ।

विराट यो माइलस्टोन पुग्ने भारतका चौथो र विश्वका १० औं खेलाडी बन्नेछन् । विराट ठ्याक्कै ५०० खेल खेलेर सबैभन्दा धेरै रन बनाउने स्टारको सूचीमा नम्बर १ हुने पक्का छ ।

विराट कोहली ५ सय खेलमा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान बन्ने छन् । उनले ४९९ खेलमा सचिन तेन्दुलकर, रिकी पोन्टिङ, महेला जयवर्धने, सनथ जयसूर्या र ज्याक कालिस जस्ता महान ब्याट्सम्यानलाई पछाडि छोडेका छन् ।

कोहलीले अहिलेसम्म २५ हजार ४६१ रन बनाएका छन् । उनले ५३.४८ को औसतमा २५ हजार ४६१ रन बनाएका छन्, जुन अन्य कुनै पनि लिजेण्डभन्दा धेरै हो । यसअघि अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङले ५०० खेलमा २५०३५ रन बनाएका थिए ।

कोहलीको ब्याटबाट अहिलेसम्म ७५ शतक बनिसकेका छन् । सचिन तेन्दुलकरले पनि ५०० खेलमा यति नै शतक बनाएका छन् ।

अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङ ५०० क्लबमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । (यो रेकर्ड विराटबाट तोडिँदैछ) उनले ४७.९५ को औसतमा २५०३५ रन बनाएका छन् । पोन्टिङले ६८ शतक बनाएका थिए । उनी ५ सय खेलमा २५ हजारभन्दा बढी रन बनाउने विश्वकै पहिलो ब्याट्सम्यान बने ।

क्रिकेटका भगवान भनिने सचिन तेन्दुलकर ५ सय क्लबमा सबैभन्दा धेरै शतक बनाउने ब्याट्सम्यान हुन् । उनले ५ सय खेलमा ७५ शतक बनाएका छन् । सचिनको नाममा २४ हजार ८७४ रनको औसत ४८.४८ रहेको छ ।

दक्षिण अफ्रिकाका ब्याट्सम्यान ज्याक कालिसको ५०० क्लबमा उत्कृष्ट औसत रहेको छ । आफ्नो ५०० औं खेल सम्म, कालिसले ५०.२८ को औसतमा रन बनाए । उनले ६० शतक सहित २४ हजार ७९९ रन बनाएका थिए ।

५०० क्लबमा आवद्ध भएका भारतीय प्रशिक्षक राहुल द्रविड सबैभन्दा नटआउट रहे । उनी ७२ पटक नटआउट रहे । द्रविडले ५०० खेलमा ४५.५७ को औसतमा २३६०७ रन बनाएका छन् । द्रविडको नाममा ४७ शतक छ ।

श्रीलंकाका कुमार संगकारा ५०० क्लबमा बायाँ हाते सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनले ५०० खेलमा ४४.७३ को औसतमा २२५९२ रन बनाएका छन् । संगकाराको नाममा ४७ शतक थियो ।

भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनी ५०० क्लबको सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा आठौं नम्बरमा छन् । धोनीले ५०० खेलपछि १६३३० रन बनाएका थिए । उनले ४५.११ को औसतमा रन बनाएका थिए । यी खेलमा धोनीले १६ शतक मात्रै बनाउन सकेका थिए ।

५०० क्लबको प्रदर्शन हेर्दा यो क्लबमा सबैभन्दा खराब प्रदर्शन पाकिस्तानका पूर्व कप्तान साहिद अफ्रिदीको रहेको देखिन्छ । उनले ५०० खेलमा ११ शतक सहित मात्र २४.३२ को औसतमा १०,८९९रन बनाए ।