६ श्रावण २०८३, बुधबार
,
Latest
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘शाहरुखको ‘जवान’ले १०० करोडको ओपनिङ गर्न सक्छ’



अ+ अ-

एजेन्सी । शाहरुख खानको फिल्म ‘जवान’लाई लिएर उत्तर र दक्षिणका विज्ञहरुको राय छ । फिल्मले हिन्दी क्षेत्रमा पहिलो दिन ६० करोड र दक्षिण क्षेत्रबाट ३५ देखि ४० करोडको ओपनिङ गर्न सक्ने उनीहरुको भनाइ छ । यसरी फिल्मले पहिलो दिनमै सय करोड कमाउने आंकलन गरिएको छ ।

यसको मुख्य कारण शाहरुख खानको स्टारडम हो । यसका साथै फिल्ममा साउथका चर्चित स्टारहरुले काम गरेको कारण पनि रहेको छ । साउथमा जवानसँग कुनै ठूलो फिल्मको टकराव छैन ।

प्रभासको सालार २८ सेप्टेम्बरमा आउँदैछ । त्यतिन्जेल बक्स अफिसको फिल्ड पूरै खाली छ । यस वर्ष दक्षिण क्षेत्रमा सबैभन्दा बढी हाईप जवानको रहेको व्यापारी पण्डितहरुको विश्वास छ ।

बाहुबलीपछि हिन्दी बजारमा साउथ फिल्मको लोकप्रियता बढेको धेरै ट्रेड विश्लेषकको भनाइ छ । त्यसैगरी जवानबाट साउथ इन्डस्ट्रीमा हिन्दी फिल्मका लागि बाटो खुल्न सक्छ ।