३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीमा ओलीको सहयोग माग्दै प्रचण्ड !



अ+ अ-

काठमाडौ।पूर्ब प्रतिबद्धता अनुसार अमेरिकाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन  गर्न अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू ले फोन गरे लगत्तै माओबादी अध्यक्ष पुष्पकमल दाहलले एमाले अध्यक्ष केपी ओलीको सहयोग माग्नु भएको छ ।

एमाले प्रचार बिभागका उपप्रमुख बिष्णु रिजालका अनुसार माओवादी अध्यक्ष दाहालले एमसीसीमा तपाईंले निर्णय नगरी भएन भन्दै ओली संग फोन सम्वाद गर्नुभएको थियो । रिजालका अनुसार ओलीले  ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४/५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ ।अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नूस्स  नेकपा (एमाले) त निर्णय गरिहाल्छ ।’ भन्दै आफनो दृष्टिकोण दाहाललाई सुनाउनु भएको थियो । 

बिहिबार साँझ अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू लेप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई टेलिफोन गरी तत्काल निर्णय लिन आग्रह गर्नु भएको थियो ।