• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   सानीभेरीका युवा लेखा अधिकृत बमकाजी शेर्पाले चढे सगरमाथा (फोटो फिचर) ★   प्रतिनिधिसभा बैठक बस्दै, कांग्रेसले अवरोध जारी राख्ने ★   जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने ★   आईपीएलको पहिलो क्वालिफायर आज, फाइनल पुग्न हैदराबाद र कोलकाता भिड्दै ★   सहकारी छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै ★   पशुपतिनाथको भेटी चोर्ने कर्मचारीसहित आठ जना पक्राउ ★   सहकारी छानबिन समिति अलपत्र पर्ने संकेत, कांग्रेसलाई भित्तामै पुर्‍याउने दाहाल, ओली र रविको रणनीति ★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

एमाले केन्द्रीय प्रचार विभाग: ११ सदस्य मनोनीत



फाईल फोटो

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय प्रचार विभागमा ११ जना सदस्य मनोनीत भएका छन् । शनिबार केन्द्रीय सचिवालयको बैठकले प्रचार विभाग र संसदीय विभागमा गरी ११ सदस्य मनोनयन गरेको हो ।

सचिवालयले पृथ्वीसुब्बा गुरुङलाई संसदीय विभागको प्रमुखको जिम्मेवारी दिएको छ भने प्रचार विभाग प्रमुखमा राजेन्द्र गौतम रहेका छन् । यद्यपी मनोनीत सदस्यहरूको विवरण भने सार्वजनिक गरिएको छैन ।

प्रचार विभाग सदस्यमा डा. महेन्द्र विष्ट, प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डे, राजेश राई, लीलालराज भट्टराई रहेका बताईएको छ।

त्यस्तै, एलबी शेख, रामकृष्ण ज्ञवाली, शेरबहादुर केसी, दीपक ज्ञवाली, सूर्यमणि गौतम, हेमन्त पौडेल र अक्षरी पोखरेल विभाग सदस्यमा मनोनीत भएका जनाईएको छ। यस्तै, गगन विष्ट सचिवमा छन् ।