२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदहरुको सम्पत्ति विवरण खोज्दै संसद सचिवालय



फाईल फोटो
अ+ अ-

काठमाडौँ । संघीय संसद् सचिवालयले संघीय संसद्का सदस्यहरुलाई आर्थिक वर्ष २०७९/०८० को सम्पत्ति विवरण बुझाउन सूचित गरेको छ ।

सचिवालयले एक अत्यन्त जरुरी सूचना निकाल्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ का दफा ३१ को उपदफा ९१० बमोजिम संघीय संसद्का सदस्यहरुलाई भोलि (साउन १ गते) देखि आगामी भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउन निर्देशानुसार अनुरोध गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० का लागि आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रतो वा निस्सासहितको अद्यावधिक सम्पत्ति विवरण भरी सिलबन्दी खाममा संघीय संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा दर्ता गराउन सचिवालयले सांसदहरुलाई अनुरोध गरेको छ ।