२ आश्विन २०८३, शुक्रबार Friday, September 18, 2026
२ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ News Polar शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने News Polar पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति सहानुभूति प्रकट News Polar बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने News Polar बाढीको पानी घट्यो, जोखिम घटेन News Polar जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह News Polar साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा

यसकारण विशेष छ बुधबारको चन्द्रग्रहण

यसकारण विशेष छ बुधबारको चन्द्रग्रहण
अ+ अ-

काठमाडौं । मे २६ अर्थात् भोलि बुधबार चन्द्रग्रहण लाग्दैछ । यो पटकको चन्द्रग्रहण निकै महत्वपूर्ण र विशेष छ । किनकि यो चन्द्रग्रहणका क्रममा विश्वका विभिन्न भागबाट रातो चन्द्रमा देखिनेछ । रातो देखिने चन्द्रमालाई सुपर ब्लड मुन भनिन्छ ।

यस विषयमा जानकारी दिँदै अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले भनेको छ ‘२६ मे मा चन्द्रमाको पूरै भाग पृथ्वीको छायामा पर्नेछ । अनि जुनबेला चन्द्रमामा पृथ्वीको छाया परिसकेको हुँदैन, त्यसबेला चन्द्रमा पहिलेभन्दा ठूलो तथा चम्किलो देखिने छ ।

बुधबारको सुपर मून वर्ष सन् २०२१ को दोश्रो सुपरमून हो । यसअघि गत अप्रिल २६ मा पहिलो सुपर मून देखिएको थियो । हुन त यो पटकको चन्द्रग्रहण नेपालबाट देख्न पाइने छैन । किनकि आकाशमा चन्द्रोदय हुनु अगाडि नै चन्द्रग्रहणको अवधि सकिने छ । तथापि, उत्तर अमेरिका, पश्चिमी र दक्षिणी अमेरिका र पूर्वी एसियाली मुलुकहरूमा खग्रास चन्द्रग्रहण देखिने छ । त्यस क्रममा १४ देखि १५ मिनेटसम्म रातो चन्द्रमा देखा पर्नेछ ।

खगोलविद्ह‍रूका अनुसार हरेक अढाई वर्षमा एकपटक चन्द्र ग्रहणको बेला रातो चन्द्रमा देखिन्छ ।

सुपरमुन के हो ?

सुपर मुन यस्तो खगोलीय घटना हो जहाँ चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउँछ । सोही कारण चन्द्रमा अन्य समयमा भन्दा ठूलो आकारको र १४ प्रतिशत धेरै चम्किलो देखिन्छ । त्यसलाई पेरिगी मुन पनि भनिन्छ । चन्द्रमा वा कुनै पनि प्राकृतिक उपग्रहहरू पृथ्वीको सबैभन्दा नजिक आएको अवस्थालाई पेरिगी भनिन्छ भने सबैभन्दा टाढाको अवस्थालाई अपोगी भनिन्छ ।

चन्द्रमालाई सुपर मुन तब भनिन्छ जब चन्द्रमा पृथ्वीबाट ३ लाख ६० हजार किलोमिटर वा त्यसभन्दा पनि कम दूरीमा हुन्छ । २६ मे को दिन पेरिगीको स्थिति करिब ७।२३ मिनेट रहनेछ र त्यतिबेला चन्द्रमा पृथ्वीबाट ३ लाख ५७ हजार ३०९ किलोमिटरको दूरीमा हुनेछ ।

कतिपयले सुपरमुनका कारण पृथ्वीमा विभिन्न खालका प्रभाव पर्ने र यस्तो बेला भूकम्प, ज्वालामुखी, सुनामी, बाढी वा मौसमी गडबडीका घटना हुने अनुमान गर्दछन् । तर वैज्ञानिकहरुका अनुसार यस्तो दाबीको कुनैपनि प्रमाण छैन ।

यद्यपि चन्द्रमाको असरले समुद्रमा ज्वारभाटा चाहीँ अवश्य हुन्छ र पूर्णिमाको समयमा समुद्रमा ज्वारभाटा झनै तिव्र हुन्छ । तर पेरिगीको स्थितिमा पनि समुद्रमा उठ्ने ज्वारभाटामा खासै ठूलो परिवर्तन हुँदैन ।

ब्लड मुन

चन्द्र ग्रहणका क्रममा चन्द्रमा पृथ्वीको छायामा पर्दछ । यहीँ क्रममा क्रममा कुनैबेला चन्द्रमा पूर्ण रूपमा रातो पनि देखिन्छ । त्यसलाई ब्लड मुन भनिन्छ । नासाका अनुसार सूर्यका किरणहरु पृथ्वीको वातावरणमा छिरेसँगै केही मोडिन्छन् र फैलिन्छन् । निलो र बैजनी रंग रातो र सुन्तला रंगभन्दा धेरै फैलिन्छ । सोही कारण आकाशको रंग निलो देखिन्छ । रातो रंग सिधा दिशामा अगाडि बढ्छ, सोही कारण सूर्योदय र सूर्यास्तको बेलामा मात्रै आकाश रातो देखिन्छ । त्यसक्रममा सूर्यको किरण धर्तीको वातावरणको एक बाक्लो तह पार गरेर हाम्रो आँखासम्म पुग्दछ ।

चन्द्रग्रहणका समयमा सूर्योदय तथा सूर्यास्तको समयका बाँकी राता किरणहरु पृथ्वीको वातावरण हुँदै चन्द्रमाको सतहसम्म पुग्दछन् । त्यसैले ग्रहणका बेला चन्द्रमा हामीले रातो देख्छौं। पृथ्वीको वातावरणमा ग्रहणका बेला जतिधेरै बादल वा धूलो हुन्छ, चन्द्रमा उति नै धेरै रातो देखिन्छ ।

ब्लु मुन

यो पटकको पूर्णिमा मे महिनाको दोश्रो पूर्णिमा हो । जब कुनैपनि महिनामा दुईवटा पूर्णिमा हुन्छन् तब दोश्रो पूर्णिमालाई ब्लु मुन भनिन्छ । वैज्ञानिकहरुका अनुसार सुपरमुन तथा चन्द्रग्रहण फरक फरक खगोलीय घटना हुन् जुन कुनैबेला सँगै घटित हुन्छन् ।

-बीबीसीबाट साभार