१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठमेलस्थित नाइट क्लबका सञ्चालक कुट्ने सानुभाइसहित पाँच पक्राउ



अ+ अ-

काठमाडौं । ठमेलस्थित नाइट क्लब सञ्चालक र बाउन्सरमाथि कुटपिट गर्ने पाँच पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोट ककनीका ३३ वर्षीया युवराज गुरुङ (सानुभाइ), टोखा नगरपालिका १० का ३३ वर्षीय विक्रम अधिकारी, तनहुँ दमौलीका ३२ वर्षीय सुवास कायस्थ, दमौलीकै ३० वर्षीय सुरज कायस्थ र नुवाकोट पञ्चकन्या ५ का २९ वर्षीय कमल तामाङ रहेका काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

उनीहरुलाई परिसरको टोलीले आज मुग्लिनबाट फलो गर्दै थानकोटमा आइपुगेर समातेको हो । उनीहरूमाथि रेष्टुरेन्ट तथा लाउन्जहरुमा गएर लाखौँ रकम खानपिन गर्ने र बिल तिर्ने बेला कर्मचारी तथा क्लब सञ्चालकहरूमाथि कुटपिट तथा तोडफोड गर्ने गरेको आरोप छ ।